काठमाडौं चैत ९ – आज नेपालमा भुकम्प गएकाे छ । ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको जनाएकाे छ ।गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ । रासस