काठमाडौँ,जेठ ३०-
पशुपतिनाथ मन्दिर परिसरमा एक साधुको हत्या आरोपमा अर्का साधु पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका- ८ पशुपतिस्थित १५ नम्बर शिवालयमा तीन महिनाअघि ६ फागुन २०८२ सन्तोष गरी भनिने संखुवासभाका सन्तोष परियारको हत्या भएको थियो।
उनको हत्या गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ५ घर भएका दर्बेनाथ भन्ने सुविन रानामगर पक्राउ परेका छन्। उनलाई महोत्तरीको गौशाला नगरपालिका ६ बाट पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।
रानामगरमाथि थपअनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।















