गैँडाकोट, २७ पुस
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित चौथो गैँडाकोट महोत्सवमा कलाकार समीक्षा अधिकारीलाई दर्शकले साथ दिएका छन् । आइतबार साँझ महोत्सवको स्टेज उक्लिएकी समीक्षालाई दर्शकहरुले करिब एक घण्टा साथ दिए ।
साँझमा नारायणीको चिसो बढ्दै जाँद स्टेजमा उक्लिएकी समीक्षाका गीतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान ग¥यो । उनले आफ्ना चर्चित गीतहरुद्वारा दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् ।
छड्के गलबन्दी, दुस्मन हेरेको हेरेइ, बिजुली बालेरलगायत १० भन्दा बढी गीत गाएर समीक्षालाई मनोरञ्जन दिएकी महोत्सवको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए ।
लम्सालकाअनुसार आइतबार महोत्सवमा समीक्षासँगै सरिता गुरुङ तथा आरसी पौडेल र दीपक खड्काले प्रस्तुती राखेका थिए । त्यसैगरी, महोत्सवमा आजदेखि भजन प्रतियोगितासमेत सुरु भएको छ ।
महोत्सवको प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको भजन प्रतियोगितामा १८ वटा भजन समूहको सहभागिता रहेको छ ।






