आज मिति वि.सं.२०८२ साल पौष २४ गते । बिहीबार । ईश्वी सन् २०२६ जनवरी ८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–पञ्चमी, ८ घडी ४४ पला, बिहान १० बजेर २७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–पूर्वाफाल्गुनी, २३ घडी ४६ पला, बेलुकी ४ बजेर २८ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग–सौभाग्य, ३६ घडी ४० पला, बेलुकी ९ बजेर ३८ मिनेट उप्रान्त शोभन । करण– तैतिल, बिहान १० बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–गद योग । चन्द्रराशि–सिंह, बेलुकी १० बजेर मिनेट ३९ उप्रान्त कन्या ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २३ मिनेट । दिनमान २६ घडी ४ पला ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढी नै मेहनत गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला । तर पनि सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक क्षत्रे बलियो हुनेछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । खेल क्षेत्र तथा पराक्रमी क्रियाकलापमा सहभागी भई आफ्नो प्रस्तुति दिन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । तयारी बिना नै महत्त्वपूर्ण काम सुरु गर्दा बिग्रनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका आजको दिन टाढै रहनु उपयुक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तर पनि विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरु दिन भन्दा बढी समय खर्चिनु पर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई तीव्रता दिन सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापार र शेयर बजारमा लगानी बढाइँ प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिक करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पढाइ लेखाइमा सहपाठीहरूलाई पछि पार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा सुझबुझका साथ लगानी गरे नाफा कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ । व्यापारमा मन्दी आउने तथा आम्दानी कम हुनाले दैनिकी असहज बन्नेछ । पुराना समस्या पुनः दोहोरिनाले अलमलमा नै समय व्यातित हुनेछ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्दा केही समयको लागी बिछोड हुन सक्छ । तर पनि अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्यक्षेत्रमा केही विषयमा विवाद भए पनि तपाईँको भनाई तथा रायलाई स्विकार्दै जाने सहमति जुट्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडी बढ्नेछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँ कै प्रशंसा गर्दै हिँड्नेछन् ।
तपाईँको दिन शुभ रहोस् ।






