Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १७, २०८२
☰
Logo शनिबार, माघ १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ७. यी हुन् नारायणगढ-मुग्लिन सडकमा दुर्घटना भएको बसका घाइतेहरु (नामावली)

  • ८. चितवनमा सुकमायाको हत्या गरि डाँका गर्ने समूह पक्राउ

  • ९. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • १०. नेपालगञ्जमा बालेनको जुलुसमा दुर्घटना, ५ जना घाइते

किरात समुदायको चाड ‘साकेला उधौली’ : तीन चुल्हाको पूजासहित साकेला सिली प्रदर्शन

खोटाङ, ३० मङ्सिरः 

किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि औपचारिक रूपमा सुरुआत भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उभौली साकेला चाड मनाउने गरेका छन् ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेला चाडको अवसर पारेर जिल्लाका किरात समुदायले आफ्नो समुदायको ऐतिहासिकतासँग जोकिएका ठाउँ तथा पर्यटकीयस्थलमा तीन चुल्हाको पूजाआजासहित साकेला सिली प्रदर्शन गरिरहेका छन् । किरात समुदायको उद्गमस्थल मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित तुवाचुङ–जायाजुङका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढी, रुपाकोटगढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानहरूमा साकेल सिली प्रदर्शन तथा तीन चेल्हाको पूजा गर्ने चलन छ ।

उधौलीको चाडको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिकै रहेको किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रम अयोजना गरियो । यहाँ गैरकिरात समुदायका युवायुवतीको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

समुन्द्री सतहदेखि करिब दुई हजार सात सय मिटर उचाइमा अवस्थित रुपाकोटगढीमा आज नै भेला भएका खार्मी, जालपा, हौँचुरलगायत किराती पुर्खा तथा धामीहरूले प्रकृतिको पूजाआराधना गरी उधौली चाडको औपचारिक रुपमा सुरुआत गरेका छन् । रुपाकोटगढीमा किराती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ ।

किरात ऐतिहासिकस्थल रुपाकोटगढीमा पूजाआजा गरेर औपचारिक रूपमा सुरुआत गरिएको साकेला उभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गर्ने गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो । उभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किरात समुदायले उधौलीमा भने, एकै ठाउँ (रुपाकोटगढी) मा भेला भएर सामूहिक रुपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यसमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ ।

उधौली र उभौलीमा किरात राईहरूका प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । छितको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक वेशभूषामा सजिएर हरेक किरात राईहरुको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभई गैरकिरात समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको जनाइएको छ । साकेला उधौली तथा उभौली किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

उधौली तथा उभौलीको अवसरमा किरात समुदायले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ ।”

साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात् वैशाखे पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात् मङ्सिरे पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ ।

Chitwan Aaja चितवन आज
आइतबार, मङि्सर ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी
चितवन २ का विभिन्न वडामा कांग्रेस चितवनको क्रियाशील भेला सम्पन्न, मिना खरेलप्रति बढ्दो समर्थन
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

ताजा समाचार

सबै

नेकपाको चितवन चुनावी कमाण्डर सुर्य सुवेदी

चितवन २ का विभिन्न वडामा कांग्रेस चितवनको क्रियाशील भेला सम्पन्न, मिना खरेलप्रति बढ्दो समर्थन

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

अझै केही वर्ष भिड्छु : प्रचण्ड

छ वर्षपछि तेस्रो मुलुकका नागरिकलाई खुल्यो जमुनाह नाका

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छः महामन्त्री पौडेल

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी

निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

वर्तमान सरकार नागरिकमैत्री छः गृहमन्त्री अर्याल

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.