मंसिर २६, काठमाडौं-
सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उक्त रक्तचाप देखिएको छ ।
उनलाई बुधबार पर्साबाट काठमाडौं हुँदै पोखरा विमानस्थलमा ल्याइएको थियो ।
पोखरा ल्याइएपछि लामिछानेको स्वास्थ्य परीक्षण गर्दा रक्तचाप १७० (सिस्टोलिक) र १०० (डायस्टोलिक) देखिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले जानकारी दिए ।