२६ मंसिर, काठमाडौं
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ ।
जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन् ।
“प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एक लाख जरिवाना मागदाबी गरिएको छ,” कटवालले भने, “पटकेमा पनि परेकाले डेढी सजायको मागदाबी गरिएको छ ।”
संगठित अपराधसहितका अभियोगमा भने अनुसन्धान जारी रहेकाले ६० दिनभित्र मुद्दा दायर हुने कटवालले जानकारी दिए ।