२५ मंसिर, काठमाडौं
सहकारी ठगीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका रवि लामिछानेको पर्सामा एकैदिनमा बयान सकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा ५३ दिनअघि पक्राउ परेका उनलाई प्रहरीले अरु चार वटा सहकारी ठगीमा अनुसन्धानको दायरामा ल्याएको थियो ।
त्यसक्रममा अन्यत्र उनलाई बयान लिन समय लागेको थियो ।