२१ मंसिर, काठमाडौं
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण आउँदो आइतबार साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । सो प्रणालीको प्रभावका कारण मंसिर २३ गते (आइतबार) साँझ देखि २४ गते (सोमबार) रातिसम्म हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा गण्डकी, वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ ।
गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






