• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २१, २०८२
☰
शनिबार, भदौ २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ७. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ८. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ९. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • १०. राष्ट्रियसभाको बैठक आज बस्दै

चिनियाँ भूमिमा ओलीले गरे लोकतन्त्रको व्याख्या

काठमाडौं, मंसिर १९ –
प्रधानमन्त्री केपी शर्मा ओली चार दिने चीन भ्रमणमा छन् । मंगलबार महत्त्वपूर्ण राजनीतिक भेटघाट र समझदारी गरेका ओली बुधबार चीनको पेकिङ विश्वविद्यालय पुगे ।

विश्वविद्यालयमा ‘बृहत लोकतन्त्रः समृद्ध नेपाल, सुखी नेपालीको यात्रा’ विषयमा मन्तव्य दिँदै उनले लोकतन्त्रको क्षयीकरण र यसका चुनौतीबारे धारणा राखे ।

प्रधानमन्त्री ओलीले आफ्नो लामो राजनीतिक जीवन स्मरण गर्दै भने, ‘कठिनाइ र चुनौतीहरूको सामना गर्दै लोकतन्त्र र जनताको सुखका लागि मेरा प्रयास अझै बलियो बनेको छ ।’

‘आजको विश्व लोकतन्त्रको क्षयीकरण वा पछाडि फर्कने कुरा गरिरहेको छ,’ उनले भने, ‘बिडम्बना के छ भने धेरै तथाकथित विकसित देशहरूमा जनतालाई नै लोकतन्त्रविरुद्ध खडा गरिएको छ ।’

प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा केही प्रश्न सोध्नुपर्ने बाध्यता जन्मिएको उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्र वास्तवमा के हो ? लोकतन्त्र कहिले सफल हुन्छ ? लोकतन्त्र केवल सौन्दर्यप्रसाधनभन्दा बाहिर उठ्न सकेको छ ? लोकतन्त्रको नाममा सबैलाई एउटै मापदण्ड लगाउन सकिन्छ ?’

प्रधानमन्त्रीले लोकतन्त्रलाई बृहत् अर्थमा बुझ्नुपर्ने र यसको व्यापकता खोज्नुपर्नेमा जोड दिँदै यसलाई लोकतन्त्रलाई केवल राजनीतिक संरचनाको रूपमा बुझ्न नहुने बताए ।

‘लोकतन्त्र केवल राजनीतिक संरचना मात्र होइन, सामाजिक प्रणाली पनि हो । यसको अर्थ हरेक व्यक्तिको सम्मान, सम्भावना, सुरक्षा र समृद्धिको सुनिश्चितता हो,’ प्रधानमन्त्री ओलीले भने ।

लोकतन्त्रमा जनताले आफ्ना प्रतिनिधिहरू चयन गर्ने भए पनि यस्तो लोकतन्त्रलाई केवल यही प्रक्रियामा सीमित गर्न नहुनेमा उनले जोड दिए ।

‘लोकतन्त्रले केवल प्रतिनिधिहरू चयन गर्ने प्रक्रियामा सीमित रहनु हुँदैन । यो आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूमा पनि आधारित हुनुपर्छ । लोकतन्त्रले जिम्मेवारी र कर्तव्यको समन्वय गराउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘नेपालको लोकतन्त्रको यात्रा निकै चुनौतीपूर्ण रह्यो । धेरै वर्षसम्म नेपाल सामन्ती व्यवस्थाको अधीनमा रह्यो । १०४ वर्ष लामो राणा शासनले देशलाई अलग्ग्याएको थियो’ प्रधानमन्त्री ओलीले भने, ‘तर नेपाली जनताको दृढ संकल्पले १९५१ मा राणा शासन अन्त्य भयो । तर लोकतन्त्र लामो समय टिकेन ।’

१९९० को आन्दोलनपछि बहुदलीय लोकतन्त्र फर्किएको ओलीले स्मरण गरे । त्यसपछि पनि मुलुकमा राजतन्त्र कायम रहेको र १९९६ देखि सशस्त्र द्वन्द्व सुरु भएको उल्लेख गर्दै ओलीले विस्तृत शान्ति सम्झौतापछि मुलुकले लोकतान्त्रिक गति लिएको बताए ।

‘२००६ मा विस्तृत शान्ति सम्झौता भएपछि नेपाली जनताको शक्ति सफल भयो । २००८ मा राजतन्त्र समाप्त भयो र २०१५ मा जनप्रतिनिधिहरूद्वारा बनाइएको संविधान जारी भयो,’ प्रधानमन्त्री ओलीले भने ।

उनले अगाडि भने, ‘नेपालको राजनीतिक यात्रा अद्वितीय छ । वामपन्थी र दक्षिणपन्थी शक्तिहरू मिलेर बारम्बार राजतन्त्र र अधिनायकवादलाई पराजित गरे ।’

लोकतन्त्रप्रतिको दृढ उद्देश्य र संकल्पले आफूलाई १४ वर्षको जेल जीवन र लामो एकान्त कारावाससहितका कठोर यातना सहन सक्ने बनाएको पनि उनले बताए ।

‘मेरो जीवनभर मैले मानिसहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउने गहिरो सोच राखेको छु । यो नै त्यो उज्यालो हो जसले मलाई दशकौंसम्म मार्गदर्शन गर्‍यो,’ प्रधानमन्त्री ओलीले भने ।

गरिबी, अभाव, र अज्ञानताको अन्धकारसँग लड्न लोकतन्त्रप्रतिको दृढताले सघाएको उनको भनाइ छ । उनले भने, ‘मेरो सम्पूर्ण राजनीतिक संघर्ष, अध्ययन, चिन्तन र क्रियाकलापहरू गरिबी, अभाव, र अज्ञानताको अन्धकारसँग लड्न यो उज्यालोको किरणमा निर्देशित भएका छन् ।’

लोकतन्त्रको विभिन्न कोणबाट व्याख्या गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मेरो दृष्टिकोण बृहत लोकतन्त्र बारे त्यो हो, जसले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूलाई समेट्छ । यो दृष्टिकोणले समानता, न्याय र दिगो विकास सुनिश्चित गर्छ ।’

लोकतन्त्रको ब्याख्या गर्ने क्रममा उनले नेपाल र चीन प्राचीन ज्ञानका भूमि भएको स्मरण गरे ।

‘यहाँका महान् दार्शनिकहरूले र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरी धेरै जीवनलाई छुने काम गरेका छन्’ ओलीले भने, ‘हाम्रो क्षेत्रका धेरै महान् सभ्यताहरू यहीं विकसित भए र ती सभ्यताहरू हाम्रो समाजको अडिग आधारशिला बनेका छन् । ती सभ्यताहरू आजको आधुनिक यात्रामा पनि झल्किन्छन् ।’

संसार अन्धकारमा हुँदै प्रगति गरिसकेको मुलुक नेपाल र चीन रहेको उनले बताए । ‘हाम्रो क्षेत्र प्रतिबद्धता र परिश्रमको धनी छ । हाम्रा पूर्वजहरूले यी विशेषताहरूको आधारमा प्रगति गरे, जबकि बाँकी संसार अझै अन्धकारमा थियो’ उनले भने ।

पूर्वजहरूको व्याख्या गर्दै उनले थपे, ‘हाम्रा पूर्वजहरू विचारक मात्र थिएनन् । उनीहरू नवप्रवर्तनकर्ता र दूरदर्शी थिए, जसको योगदानले एशिया र संसारलाई अमूल्य धरोहर दिएको छ ।’

इतिहासमा चुनौतीहरू रहेता पनि, समाजमा असमान भएत पनि आशाको किरण कहिल्यै ननिभेको उल्लेख गर्दै उनले थपे, ‘आज हामीलाई हाम्रो सभ्यतागत जगमा आधारित रहेर मानव प्रगतिलाई विस्तार गर्ने जिम्मेवारी छ । यस दिशामा चीनको प्रगतिलाई म प्रशंसा गर्दछु ।’

व्याख्यानको क्रममा ओलीले चिनियाँ राजनीतिक व्यवस्था बारे चर्चा भने गरेनन् ।

Chitwan Aaja चितवन आज
बुधबार, मङि्सर १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई
बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

ताजा समाचार

सबै

इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको

निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

एमालेमा विवाद भइरहेका बेला देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

एमाले विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत छलफल गर्न ७ घन्टा समय

घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे

एमाले विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत पेस गर्न रोक

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

सुनसान छ रामेछाप विमानस्थल

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.