काठमाडौँ, मंसिर १३ –
परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री राणा चीन प्रस्थान गरेकी हुन् । परराष्ट्रमन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहनेछिन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।