काठमाडौं, कात्तिक २४-
मानव तस्करी मुद्दामा जोडिएका कोसी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभा सदस्य लीलावल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरिएको छ ।
शनिबार च्यासलमा बसेको नेकपा (एमाले) सचिवालय बैठकबाट हालका निम्ति उनलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सदर गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
“…त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोसी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरू र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ, त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबैखाले जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ,” सचिवालय बैठकका निर्णय सुनाउँदै ज्ञवालीले भने ।






