२० कात्तिक, पोखरा
सभापति पक्राउ विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले रत्नचाेकहुँदै वाइ चाेकमा निषेधित क्षेत्र ताेड्न खाेजेपछि अश्रुग्यास प्रहार गरेकाे हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।






