काठमाडौं, कात्तिक २०-
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेर सोमबार साँझदेखि सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको समन्वयमा अहिले पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटक बिचबाटोमै रोकिएका छन्।






