काठमाडौं, कात्तिक १३-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पछिल्लोपटक पुकार बमलगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ । उक्त पार्टीका मकवानपुरको बकैया गाउँपालिकाका सभापति अमर दंगाल, हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश थापालगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको उनले बताए ।
उनका अनुसार, प्रहरीले यसअघि रास्वपाका सांसद अशोककुमार चौधरीसहित १७ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।






