काठमाडाैं, कात्तिक ८
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको पक्षमा आज पनि प्रदर्शन भएको छ ।
रविलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइरहँदा रास्वपाका नेता कार्यकर्ताले पोखराको वाइ चोकमा सडकमै बसेर विरोध प्रदर्शन गरेका हुन् ।
यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोकदेखि वाइचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।
गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका लामिछाने रातारात पोखरा पुर्याइएको थियो । यसअघि थपिएको म्याद सकिएपछि आज उनलाई पुन: म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
सहकारी प्रकरणमै एक महिनाअघि पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पनि आज अदालतमा उपस्थित गराइएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






