बुटवल, कात्तिक ५
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई बयानका लागि बुटवल लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो । कास्कीका एसपी श्यामबाबु ओलियाले जोशीलाई रुपन्देही पठाएको पुष्टि गरे ।
पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीबाट पनि करोडौं रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएकोबारे अहिले अनुसन्धान भइरहेको छ।






