काठमाडौं, १२ असोज
ललितपुरको चारघरेमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । जसका कारण टीकाभैरव, लेलेलगायत ठाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।
मानवीय क्षतिका साथै सडक सञ्चाल, अरू भौतिक पूर्वाधारमा पनि ठूलै क्षति भएको छ ।






