काठमाडाैं असोज १२,
काभ्रेपलान्चोकमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । गएराति तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी काभ्रेकै पनौति नपा ११ थुम्कि भन्ने स्थानमा पहिरोले केही घर पुरिएका छन् । घटनामा केही मानिस वेपत्ता भएको जानकारी प्राप्त भएको भन्दै सशस्त्र प्रहरीले विपद उद्धार बेश पनौतीबाट १५ जना टोली घटनास्थलमा खटाएको जनाएको छ ।







