काभ्रेपलाञ्चोक, असोज ११
लेदोसहितको पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।
बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक शुक्रबार बिहानैदेखि एकतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले आज बिहान आधा घण्टा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक सञ्चालन गर्न प्रहरी, स्थानीय जनप्रतिनिधि र सडक विभागका प्रतिनिधिको सक्रियतामा एकतर्फी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
लेदो आउनेक्रम जारी रहेकाले सवारीसाधन नियमित रुपमा सञ्चालन गर्न र सहजीकरणका लागि आवश्यक जनशक्ति खटिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







