३ जेठ, काठमाडौं ।
प्रा.डा. गोविन्द केसीले ६ दिन लामो आमरण अनशन तोडेका छन् । द्वन्द्वपीडित भानुप्रताप शाह लगायतले जुस खुवाएर डा. केसीको अनशन तोडाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा सहितका चारबुँदे माग राखेर डा. केसीले २९ वैशाखमा अनशन थालेका थिए ।
उनको मुटुको चालमा समस्या देखिनुका साथै रगतमा सुगरको मात्रामा कमी देखिएको थियो ।
चिकित्सकहरूले जुनसुकै बेला अझ गम्भीर भई जीवनलाई खतरा हुनसक्ने चेतावनी दिएपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








