काठमाडाैं, जेठ १
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र लेखेको छ ।
विदेशमा लुकेर बसेको आशंका गरिएका राईलाई पक्राउ गर्न असफल भएपछि प्रहरीले उक्त कदम चालेको हो ।
कास्की प्रहरीका एक उच्च अधिकारीका अनुसार इन्टरपोलमार्फत राईलाई नेपाल झिकाउने प्रक्रिया अनुरूप उनको राहदानी रद्द गर्न लागिएको हो ।
कास्कीको सुदर्शन सहकारीमा सेवाग्राहीले जम्मा गरेका करोडौं रकम हिनामिना गरेको आरोप राईमाथि लागेको छ । राई भने लामो समयदेखि सम्पर्कविहीन छन् ।
उनी मलेसियामा रहेको आशंकामा सरकारले त्यहाँको सरकारसँग पनि सहयोग मागेको थियो । तर अहिलेसम्म कुनै उपलब्धि हासिल भएको छैन ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत संसद्को राज्य व्यवस्था समितिमा राई मलेसियामा रहेको जानकारी गराएका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








