कैलाली, १ जेठ
कैलालीमा पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय एम्बुलेन्स दुर्घटना हुँदा १८ वर्षीय किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका ९ कि अञ्जली परियार रहेकी छन् ।
मंगलबार बिहान युके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अञ्जली भारतको हल्द्वानीमा उपचार गरेर भारतीय एम्बुलेन्समा घर फर्किँदै थिइन् ।
एम्बुलेन्समा रहेका अन्य पाँच जना भने सकुशल छन् । चालकलाई लम्की प्रहरीले नियन्त्रणमा लिएको छ ।








