काठमाडाैं बैशाख ३०,
काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ हाल गौशाला बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शनिवार साँझ धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो । घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पु-याएको पनि उनको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।








