Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ४. यस्तो रहने छ आजको राशिफल

  • ५. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ६. चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

  • ७. रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

  • ८. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ९. आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

  • १०. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

मत गणना सकिएका १२ पालिकामध्ये एमाले ६ र कांग्रेस तीनमा विजयी

काठमाडौं, ३१ वैशाख-

हालसम्म मतगणना सकिएका १२ पालिकामध्ये नेकपा एमालेले ६ स्थानमा विजय हासिल गरेकाे छ भने नेपाली कांग्रेस तीन पालिकामा विजयी भएकाे छ । मनाङकाे सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ ।

त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेकाे छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।

१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेकाे छ ।

नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हाे । भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।

नेकपा एमाले

मनाङकाे चामे गाउँपालिकाकाे अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले दोस्रो पटक निर्वाचित भएका छन् । ६ सय १० मत खसेको गाउँपालिकामा उनले तीन सय २० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दोर्जे लामाले दुई सय ७९ मत पाए । उपाध्यक्षमा भने तीन सय २५ मत ल्याउँदै कांग्रेसकी मिङ्मार डोमा लामा विजयी भएकी छिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यो पालिकाको अध्यक्षमा घले नै निर्वाचन चएका थिए भने उपाध्यक्ष कांग्रेसले जितेको थियो । यो पटक पनि उपाध्यक्ष कांग्रेसले नै जितेको हो ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् । घले आठ सय ६१ मत ल्याई विजयी भएका हुन् । कांग्रेसका छिरिङ ओङ्मा गुरुङले सात सय १३ मत पाए । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ सात सय ४४ मत ल्याई विजयी भए । कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले सात सय १९ मत पाए ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमाले उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङ एक सय ८५ मत प्राप्त गरेका छन् । विष्ट यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका रिङ्जिन नामगेल गुरुङ आठ सय ६७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका आङ्जेन गुरुङले पाँच सय ७७ मत ल्याए । उपाध्यक्षमा एमालेकै ढिकी गुरुङ सात सय ४९ मत ल्याई विजयी भएकी छिन् । कांग्रेसकी धेच आङ्मो गुरुङले ६ सय ७७ मत ल्याएकी छन् ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकामा एमालेका टसी गुरुङ विजयी भएका छन् । उनले कांग्रेस उम्मेदवार टासी नुर्वु गुरुङलाई एक सय ५४ मतान्तरले पराजित गरेर विजयी भएका हुन् । टसीले ६ सय ६८ मत पाउँदा टासी नुर्बुले पाँच सय १४ मत मात्रै ल्याए ।

उपाध्यक्षमा एमालेकै छिमी विष्ट विजयी भएकी छिन् । उनले कांग्रेसकी छिरिङ ढाेका गुरुङलाई ९४ मतान्तरले हराइन् । छिमीले ६ सय ३२ मत पाउँदा छिरिङले पाँच सय ३८ मत पाइन् ।

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्ष एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार धावा सम्डुक गुरूङ निर्विरोध वियजी भएका हुन् । नेकपा एमाले डोल्पाका सचिव समेत रहेका गुरूङबाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।

नेपाली कांग्रेस :

नेपाली कांग्रेस अहिलेसम्म तीन पालिकामा विजयी भएको छ । सबैभन्दा बढी क्षेत्रमा अग्रता लिइरहेका कांग्रेसले मनाङको दुई गाउँपालिका र मुस्ताङको एक पालिका गरी तीन पालिकामा विजयी भइसकेको हो ।

मनाङको नार्पा भूमि गाउँपालिका र नासोँ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ । नार्पा भूमिबाट कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । लामा एक सय ५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले एक सय ११ मत पाए । खसेको तीन सय चार मतमध्ये ३५ मत बदर भएको छ ।

उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन् । नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध अध्यक्ष चयन भएका थिए ।

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन् । उनले आठ सय २० मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादीका वेदबहादुर गुरुङ नाै सय १३ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यस्तै, मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन् । उनी सात सय ६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले सात सय ५८ मत ल्याए ।

२०७४ सालमा नेकपा एमालेको तर्फबाट आशबहादुर थकाली विजयी भएका थिए । उपाध्यक्षमा कांग्रेसकी जमुना थापा मगर ६ सय ९३ मत ल्याई विजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६ सय १८ मत ल्याइन् ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले पनि खाता खोलेको छ । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा उसले खाता खोलेको हो । माओवादीका नारा सिं रोकायले सात सय ७० मत ल्याएर विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका हेमबहादुर महतराले सात सय ४६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहोरा सात सय ५९ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत प्राप्त गरिन् ।

नेकपा एकीकृत समाजवादी निर्विरोध

नेकपा एकीकृत समाजवादीले डोल्पाका दुई पालिकामा निर्विरोध भइसकेको छ । काइके गाउँपालिका अध्यक्षमा अंगदकुमार राना निर्विरोध भएका थिए । उपाध्यक्षमा कांग्रेसका निमा बुढा निर्विरोध भएका थिए । २०७४ सालमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

डोल्पाकै छर्का ताङसोङ गाउँपालिकमा नेकपा एकीकृत समाजवादी सोनाङ गुरुङ निविरोध भएका थिए । २०७४ सालमा उनी स्वतन्त्रबाटै पालिका अध्यक्ष बनेका थिए ।- न्युज कारखाना

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पर्यटन विधेयकमाथि संसदमा छलफल सुरु, पर्यटन क्षेत्र व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको सांसदहरुको दाबी
हेटौँडामा फरक फरक घटनामा दुई जनाको मृत्यु
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’

ताजा समाचार

सबै

पर्यटन विधेयकमाथि संसदमा छलफल सुरु, पर्यटन क्षेत्र व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको सांसदहरुको दाबी

हेटौँडामा फरक फरक घटनामा दुई जनाको मृत्यु

विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ:सांसद ओली

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

यस्तो छ आजको राशिफल

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ४.
    यस्तो रहने छ आजको राशिफल

  • ५.
    ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ६.
    चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech