Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ५. ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ६. चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

  • ७. रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

  • ८. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ९. तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा

  • १०. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

काठमाडौँ, जेठ १२-
सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्र्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिनुभएका छ ।

नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उहाँहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गर्नुभयो । सुर्र्तीजन्य पदार्थबाट वार्षिक रु ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले जनाउनुभएको छ ।

उहाँहरूले सुर्र्तीजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्र्तीजन्य पदार्थको लतमा फसेको दृष्टान्त सुनाउनुभयो । सांसदहरूले सुर्र्तीजन्य पदार्थमाथि भारतमा ५८ र बङ्गलादेशमा ७३ प्रतिशत कर लिने गरेको जानकारी दिनुभयो ।

सांसद कुशुम महर्जनले सुर्र्तीजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा ३९ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको भन्दै आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गर्नुभयो ।

सांसद गुरुप्रसाद बरालले सुर्र्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गर्नुभयो । “सुर्र्तीजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

सांसद डा अत्युतम लामिछानेले किसानको उत्पादनलाई बजारसम्म ढुवानी गर्ने सवारी सधानमा शून्य करको व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

सांसद अनुस्का श्रेष्ठले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै पसलमा नेपाल चिनाउने स्थानीय उत्पादनको बिक्री गर्ने प्रबन्ध मिलाउन सुझाव दिनुभयो ।

सांसद अफ्साना बानुले सुशासनको माग गर्दै जेनजी आन्दोलनमा उत्रिएका युवालाई झुटा आरोपमा थुनिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षणगराउनुभयो ।

सांसद अभिषेकप्रताप शाहले कपिलवस्तुलगायत तराईका जिल्लामा देखिएको खानेपानीको समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद अमरकान्त चौधरीले नेपाल–भारत सीमास्थित सप्तरीमा रहेको भन्सारमा ‘क्वारेन्टाइन’को व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले उखु किसानलाई उद्योगीले दिने बक्यौता र सरकारले दिने अनुदान तत्काल वितरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमृता विकले खुलमखुला मदिरा बिक्री गर्न पाउने विद्यमान व्यवस्थामा सुधार गरी नागरिकको स्वास्थ्यप्रति गम्भीर बन्न आग्रह गर्नुभयो ।

सांसद अम्बिकादेवी सङ्ग्रौलाले काठमाडौँको माइतीघरमा अनशनरत नागरिकको माग सम्बोधन गर्न अनुरोध गर्नुभयो ।

सांसद अरबिन्द साहले आगामी आवका लागि धानको न्यूनतम् मूल्य निर्धारण गरेकमा सरकारलाई धन्यवाद दिँदै कृषि बीमा, मल, बीउ र सिँचाइको उचित प्रबन्ध गर्न आग्रह गर्नुभयो ।

सांसद अर्जुनकुमार कार्कीले सङ्खुवासभाको मकालु गाउँपालिकामा बाढी तथा पहिरोले स्थानीय किसानको भेडा बगाएको भन्दै किसानलाई तत्काल राहत दिन माग गर्नुभयो ।

सांसद अर्जुननरसिंह केसीले पूर्वप्रधानन्याधीशको नेतृत्वमा संविधान संशोधनका लागि आयोग गठन गर्न र साझा राष्ट्रिय सहमति कायम गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद अशोककुमार चौधरीले मोबाइल बैंकिङ सेवाले नागरिकलाई सहज भए पनि ‘डिजिटल वालेट’को सुरक्षा वृद्धि गर्दै डिजिटल चोरी नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आकृति अवस्थीले जेनजी आन्दोलनको बलमा वर्तमान जनमत प्राप्त भएको जनाउँदै गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका युवाको उपचार सुनिश्चित गर्न माग गर्नुभयो ।

सांसद आनन्दबहादुर चन्दले सुदूरपश्चिम क्षेत्रको समग्र विकासमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद आरेन राईले किसानका समस्या समाधान तथा सुकुमवासी नागरिकलाई भूमिको स्वामित्व दिने काम कहिले हुने हो भनी प्रश्न गर्नुभयो ।

सांसद आशा झाले किसानलाई मलबीउ र सिँचाइको उचित प्रबन्ध गर्न अनुरोध गर्नुभयो ।

सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङको धुनिबेँसी नगरपालिकाका युवाको शव तत्काल स्वदेश ल्याउन माग गर्नुभयो ।

सांसद इन्दिरा राना मगरले सुशासन कायम गर्न सरकारले थालेको प्रयासलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सांसद एलिजा गुरुङले गुम्बा विकास समिति खारेज गर्ने सिफारिस अविलम्ब फिर्ता लिई सो निकायलाई व्यवस्थित तुल्याउन माग गर्नुभयो ।

सांसद एशुदाकुमारी बरालले काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा घाइते भएका नागरिकको निःशुल्क उपचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ऐनबहादुर महरले बझाङमा हावाहुरीको समयमा टेलिफोनको नेटवर्क नचल्ने र बिजुली कटौती हुने समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद ओजस्वी शेरचनले सरकारी अस्पतालमा करोडौँको उपकरण प्रयोयविहीन भएर थन्केको जनाउँदै खरिद प्रक्रियामा थप स्पष्टता ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद अङ्किता ठाकुरले बझाङमा खानेपानी, सडक तथा आवश्यक पूर्वाधार अभावसम्बन्धी समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

सांसद कन्हैया बनियाँले सन्तुलित विकास गर्ने सरकारको योजना सकारात्मक रहेको बताउनुभयो ।

सांसद कमल सुवेदीले गर्मीको समयमा आगलागीको घटना वृद्धि हुँदै गएको भन्दै दक्ष जनशक्तिसहित अग्नि नियन्त्रणयन्त्रको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद करिश्मा कठरियाले दार्चुलामा सडक, शिक्षा, सञ्चारजस्ता आधारभूत सुविधा नपुगेकाले त्यसका लागि आगामी बजेटमा विशेष व्यवस्था गरियोस् भन्नुभयो ।

सांसद कामिनीकुमारीले वर्तमान सरकारले जनअपेक्षाअुनसार काम गर्दा प्रतिपक्षीबाट सदन अवरुद्ध गरिनु आपत्तिजनक भएको बताउनुभयो ।

सांसद कालिबहादुर सहकारीले कालिकोटको नरहरिनाथ गाउँपालिका–३ मा रहेको रमा माध्यामिक विद्यालयको खेलकूद मैदान गत चैत ९ गतेको वर्षासँगै आएको पहिरोले बगाएको जनाउँदै सो खेलकूद मैदान पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कुलभक्त शाक्यले धार्मिक, सांस्कृतिक सम्पदाले सम्पन्न सांस्कृतिक सहरका रुपमा रहेको काठमाडौँमा अव्यवस्थित ‘पार्किङ’को नाममा अतिक्रमण भइहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृपाराम रानाले कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

सांसद कृष्णहरि बुढथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा सातामा दुई दिन बिदा दिने व्यवस्था पुनःविचार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद केपी खनालले पश्चिम तराईका जिल्लामा गर्मीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको जनाउँदै त्यसतर्फ गम्भीर बन्न सरकारसँग माग गर्नुभयो ।

सांसद क्रान्तिशिखा धितालले शिक्षकको तलब, बढुवा प्रणाली र सम्मानलाई समयसापेक्ष परिमार्जन गर्न सरकारलाई सुझाव दिनुभयो ।

सांसद खगेन्द्र कर्णले कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली जनावरबाट आसपासका नागरिक पीडित भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

सांसद खगेन्द्र सुनारले बाँकेमा अत्यधिक गर्मीका कारण न्यून आय भएका नागरिकको जीवन कष्टकर बनेको जनाउँदै पश्चिम नेपाल र तराईका जिल्लामा विद्युत् आपूर्ति नियमित बनाउन माग गर्नुभयो ।

सांसद खडकबहादुर बुढाले जाजरकोटको नलगाढ जलविद्युत्, भेरी कोरिडोर र मध्यपहाडी लोकमार्गलगायत आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सांसद खड्का शाहीले सम्पत्ति छानबिन आयोगले सम्पादन गर्ने कार्यलाई थप विश्वसनीय र पारदर्शी बनाउन सुझाव दिनुभयो ।

सांसद खिमा विकले अप्ठयारो अवस्थामा नागरिकको जीउधनको सुरक्षा गर्न अग्रपङ्क्तिमा खटिइएका सुरक्षाकर्मीका मनोबल बढाउन आगामी बजेटबाट विशेष व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद खुश्बु ओलीले झापाको कन्काइ नगरपालिका–२ मा रु २१ करोड लगानीमा निर्माण गरिएको बायोग्यास प्लान अलपत्र परेको भन्दै सो परियोजना निर्माणमा भएको अनियमितता छानबिन गर्न माग गर्नुभयो ।

सांसद खेमराज कोइरालाले कैलालीमा पहिरोका कारण विस्थापति बनेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा पुनःस्थापना गर्न अनुरोध गर्नुभयो ।

सांसद गजाला शमीम मिकरानीले मधेस प्रदेशमा सञ्चालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका गतिविधिबाट नागरिक लाभान्वित हुन नसकेका भन्दै ती संस्थाको कार्यप्रणालीमा प्रभावकारी अनुगमन र उत्तरदायित्व सुनिश्चि गर्न माग गर्नुभयो ।

सांसद गणेश कार्कीले जग्गाको गलत स्रेस्ता कायम गरी नागरिकलाई झुक्याउनेमाथि कारबाही गर्न माग गर्नुभयो ।

सांसद गणेश पराजुलीले काठमाडौँ उपत्यकासहित देशभर हुने ऐतिहासिक जात्रालाई विश्वमाझ पु¥याउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

सांसद गणेश पौडेलले रौतहटका स्वास्थ्य संस्थामा निःशुल्क औषधिको अभाव रहेको भन्दै तत्काल सोसम्बन्धी समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद गणेशबहादुर विश्वकर्माले गरिबीका कारण नागरिकले स्वास्थ्य सेवा लिन धौधौ परिरहेको जनाउँदै नागरिकलाई सहुलियतरुपमा स्वास्थ्य सेवा पु¥याउन आग्रह गर्नुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले दुर्गम जिल्लामा कार्यरत राहत शिक्षकलाई विशेष भत्ताको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद गीता गुरुङले शक्तिपृथकीकरणको सिद्धान्तलाई अवलमूल्यन नगर्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद गीताकुमारी सेन्दाङले ‘मेडिकल रिप्रिजेन्टेटिभ’लाई अस्पताल प्रवेशमा रोक लगाउने निर्णय फिर्ता लिन माग गर्नुभयो ।

सांसद गोपाल शर्माले रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको अभाव देखिएको भन्दै सो समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद गङ्गा छन्त्यालले महिला, दलित, आदिवासी, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र अपाङ्गता भएका महिलामाथि हुँदै आएको विभेद अन्त्य गर्न माग गर्नुभयो ।

सांसद गङ्गादेवी श्रेष्ठले राहत तथा अस्थायी शिक्षकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा उहाँहरूलाई न्यायोचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गङ्गालक्ष्मी अवालले भक्तपुरमा चल्दै आएको प्राचीन तान्त्रिक नवदुर्गा नाचको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह
बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग
झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ:सांसद ओली

ताजा समाचार

सबै

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ:सांसद ओली

बाह्य औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

यस्तो छ आजको राशिफल

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सार्वजनिक लेखा समितिमा उच्च बेरुजु भएका मन्त्रालयको समीक्षा

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने

ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यकः मन्त्री गौतम

कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन,कोरिया पठाउने व्यवस्था मिलाउन माग

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग सम्बन्धित झन्डै २ करोड

तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ५.
    ‘बजेट विनियोजन कसैको पहुँचको आधारमा हुनेछैन्’: सांसद बदन भण्डारी

  • ६.
    चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech