Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असार ०२, २०८३
☰
Logo मङ्गलबार, असार ०२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • ३. विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ४. बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ५. जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६. चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

  • ७. सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ८. भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना

  • ९. चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

  • १०. अमेरिकाका २१ सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी, मध्यपूर्वमा तनाव उत्कर्षमा

हराएको पहिचान फर्काउँदै चितवनको तोरी

चितवन, ४ माघ
तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो ? यो प्रश्नको जवाफ हुन्थ्यो चितवन । यसरी तोरी उत्पादनमा पहिचान बनाएको चितवन जिल्लामा बीचमा केही समय तोरीको उत्पादन क्रमशः घट्दै गएको थियो । तोरी उत्पादनमा कमी आएपछि चितवनले पनि कतै आफ्नो पहिचान गुमाउने हो कि भन्ने त्रास जिल्लावासीमा थियो । तर पछिल्ला वर्षमा भने तोरी उत्पादनमा क्रमशः वृद्धि हुँदै गएको छ । चितवनले हराएको पहिचान फर्काउने भएको छ ।

देशका अधिकांश नागरिक बसाइँ सरेर चितवन बस्न थालेको इतिहास छ । वन फँडानी गरेर उनीहरुले मानवबस्तीको विकास गरेका हुन् । यही क्रममा यहाँको उर्वर माटो तोरीका लागि अत्यन्त उपयुक्त बन्यो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुरका प्रमुख महेश रेग्मी तोरीका लागि गोबर, पातपतिङ्गरबाट बनेका प्राङ्गारिक मल आवश्यकपर्ने बताउनुहुन्छ । यसबाट पाइने सल्फरजस्ता सुक्ष्म तत्वले तोरीको उत्पादन वृद्धि गर्दछ ।

रेग्मीका अनुसार विगतमा वन फँडानी गरेर वनेको खेतीयोग्य जमिनमा तोरी निकै राम्रो थियो । माटो बिग्रँदै गएर तोरीको उत्पादन निकै न्यून बन्यो । उहाँको भनाइमा विसं २०५० सम्म तोरीको उत्पादन निकै राम्रो हुन्थ्यो । चितवनसहित सुर्खेत, दाङ, सर्लाहीलगायतका मधेसका फाँटहरुमा तोरी निकै राम्रो उत्पादन हुने गरेको रेग्मी बताउनुहुन्छ ।

विगत केही वर्षयता विगतको साखलाई तोरीले फर्काएको छ । उहाँको भनाइमा विसं २०७६ तिरदेखि तोरीको उत्पादन बढ्दै गएको छ । अहिले धानभन्दा बढी जमिनमा तोरी लगाउन थालिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार क्षेत्रफल मात्रै होइन उत्पादकत्वसमेत बढ्दै गएको छ ।

तोरी बाली लगाउने क्षेत्रफल घट्नुमा रोग, किरा, जमिनको तीव्र खण्डीकरण, तेलको मूल्यमा कमीलगायत धेरै कारण थिए । कुनै समयमा चितवनको १८ हजार हेक्टरमा तोरी फल्ने क्षेत्रफल घटेर चार हजार पाँच सय हेक्टर मात्र पुगेको थियो । करिब २२ वर्ष चितवनमै कृषि अधिकृत रहेका रेग्मी अहिलेको उत्पादन वृद्धिलाई पहिलेको भन्दा अझै राम्रो भएको बताउनुहुन्छ । बजारमा तेलको मूल्य अस्वाभाविक वृद्धि हुनु, बजारमा पाइने अरु प्रकारका खाने तेलमा मिसावट बढ्नु र तोरीका नयाँ जातको विकास हुनुले पनि किसानलाई तोरीतर्फ आकर्षित गरेको उहाँ बताउनुहुन्छ । पहिले लगाइएका चितवन लोकल, सुर्खेत लोकल, दाङ लोकल जातका तोरीसँगै अहिले नयाँ जात विकास भएका छन् । बढीमात्रामा प्रगति, उन्नति नामका स्वदेशी जातसँगै विदेशी विभिन्न जातका तोरी भित्र्याइएको छ र यसकारण पनि उत्पादन बढाएको छ ।

रेग्मीले भन्नुभयो, “धानभन्दा बढी तोरी लगाउन थालिएको छ, उत्पादन बढेको छ, यसलाई सरकारले अनुसन्धान गरेर प्रवर्द्धन गर्नुपर्छ । तोरीको तेलको मूल्य पाएपछि किसानले क्षेत्रफल पनि बढाएका छन् ।”

जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएकाले पनि किसान तोरीखेतीतर्फ केन्द्रित भएको पाइन्छ । माडी नगरपालिका–३ का ओमप्रकाश महतो जङ्गली जनावारले तोरी बालीलाई नरुचाउने भएकाले सुरक्षित बाली भित्र्याउन पाउने भएपछि तोरीखेती गर्न थालेको बताउनुहुन्छ । चितवन जिल्लामा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसँग जोडिएका धेरै खेतीयोग्य जमिन छन् ।

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबालीमा क्षति गर्ने गर्दछन् । उहाँ मात्रै होइन अहिले सो गाउँ नै तोरीमय भएको छ । उहाँले भन्नुभयो, “अहिले हाम्रो क्षेत्रमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरीखेती गरिएको छ । तोरी छिटो पाक्ने र मूल्य पनि राम्रो पाउने भएकाले सबैको ध्यान यस बालितर्फ गएको छ । यो सजिलो खेती हो ।”

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताउनुभयो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिकटन तोरी उत्पादन भएको थियो । यो वर्ष तोरी उत्पादनमा समेत वृद्धि हुने उहाँको भनाइ छ ।

वर्षे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरीखेती गरिएको छ । तोरीबाली छिटो पाक्ने तथा चैते धान लगाउन सहज हुने भएकाले किसानको ध्यान यस बालीतर्फ गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मुसुरो र गहुँबालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।”

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँकतै मात्रै यी बाली लगाइएको पाइएको उहाँले बताउनुभयो । तेलहन बाली प्रवर्द्धनका लागि सरकारलेसमेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको हुनसक्ने उहाँको भनाइ छ ।

बागमती प्रदेशको बीउबिजन गुणस्तर केन्द्रका प्रमुख राजन ढकाल उन्नत जातको बीउ वितरण गर्न सकिएमा थप उत्पादन गर्न सकिने बताउनुहुन्छ । तोरी उत्पादनमा चितवनले राम्रो फड्को मारेकाले सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अध्ययन, अनुसन्धान गरेर थप उत्पादन वृद्धितर्फ लाग्नुपर्छ ।” चितवनको तोरी राम्रो गुणस्तरको मानिन्छ । यहाँ उत्पादन भएको तेल देशका प्रमुख सहरमा पुग्ने गर्दछ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन
‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए
संसद्को सभाकक्षमा सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै सांसद महरको नियमापत्ति

ताजा समाचार

सबै

भिडियो भाइरल भएपछि सांसद भट्टराईले भनिन्– भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन

‘ककरोच जनता पार्टी’का संस्थापक दीपके सडकमै कुटिए

संसद्को सभाकक्षमा सभामुख प्रवेश गर्दा दुई मन्त्री नउठेको भन्दै सांसद महरको नियमापत्ति

रास्वपाको महाधिवेशन भरतपुरको गेष्टहाउस चौरमा

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन

बजेट विभेदकारी भयो, अर्थमन्त्रीको एटिट्युडले गम्भीर बनायोः सांसद महर

कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

भारतीय पर्यटकको बढ्दो आगमनले पोखरा भरिभराउ

मुग्लिन–मलेखु सडकमा कालोपत्रको तयारी

गत वर्षभन्दा तीन दिन ढिला हुँदा पनि मनसुन नेपाल भित्रिएन

वर्षामा सडकको सास्ती, स्थानीयले गरे सडकमै रोपाईं

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

रास्वपा महाधिवेशनः रत्ननगरमा सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली (तस्बिरहरु)

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • ३.
    विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ४.
    बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • ५.
    जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६.
    चैते धान र वर्षे धानको न्यूनतम मूल्य समर्थन तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech