Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग

फाइल तस्बिर

चितवन, १९ पुस
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।

नेपालमा दर्ता भएका तीन सय ७० वटा ह्याचरी उद्योगमध्ये हाल ५३ वटामात्रै सञ्चालनमा छन् । पोल्ट्री क्षेत्रका ज्ञाता डा तिलचन्द्र भट्टराईका अनुसार धेरै ह्याचरी चल्लाले मूल्य नपाएपछि सञ्चालन हुन नसकेका हुन् । सञ्चालनमा आएका ह्याचरीको पनि उत्पादन ५० प्रतिशत मात्रै छ ।

ह्याचरी उद्योग कम सञ्चालन भएपछि विदेशबाट ल्याइने प्यारेन्टको सङ्ख्यामा निकै कमी आएको छ । भट्टराईका अनुसार सन् २०१९/२० मा ४६ हजार दुई सय लेयर्स प्यारेन्ट भित्रिएका थिए । सन् २०२०/२१ मा एक लाख ४८ हजार आठ सय ७०, सन् २०२१/२२ मा एक लाख १३ हजार चार सय ३३ र २०२२/२३ मा ६९ हजार ४० मात्रै लेयर्स प्यारेन्ट नेपाल भित्रिएका छन् ।

यस्तै ब्रोइलर प्यारेन्ट सन् २०२०/२१ मा १८ लाख १२ हजार दुई सय ९२, सन् २०२१/२२ मा १७ लाख पाँच हजार एक सय ५४ र सन् २०२२/०२३ मा एक लाख दुई हजार १४ भित्रिएका छन् । भट्टराईले ब्रोइलरमा ४० प्रतिशत र लेयर्समा ४४ प्रतिशत गिरावट आएको बताउनुभयो । प्यारेन्ट कम भित्रिएसँगै चल्लाको उत्पादनमा पनि निकै कमी आएको उहाँको भनाइ छ ।

यसले प्रत्यक्षरुपमा पोल्ट्री क्षेत्रमा प्रभाव हुने देखिएको छ । पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलले प्यारेन्ट आयातमा निकै कमी आएको भन्दै चल्ला उत्पादन कम हुँदासमेत मूल्य नपाएको बताउनुभयो ।

समग्रमा आर्थिक मन्दीसँगै यो क्षेत्र प्रभावित भएको उहाँको भनाइ छ । कोभिडपछि एकोहोरो चल्लाको मूल्य घटेको पोखरेल बताउनुहुन्छ । नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष रहनुभएका पोखरेलका अनुसार भारतबाट आउने अवैध चल्लाका कारण पनि बजार प्रभावित छ । सरकारले क्वारेन्टाइन ऐन संशोधन गरेर चोरी नियन्त्रण गरेमा उद्योग पूर्ववत् अवस्थामा फर्कन सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।

यस्तै बैंकको व्याजदरलाई एकल अङ्कमा झार्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै सरकारले पोल्ट्री क्षेत्रलाई हेर्न सकेन भने आत्मनिर्भर यो व्यवसाय समाप्त हुने अवस्थामा पुग्छ ।” पोल्ट्री क्षेत्रमा रु एक खर्ब ६० अर्बभन्दा बढी लगानी भएको भन्दै उहाँले ह्याचरी उद्योगमा मात्रै रु ६० देखि ७० अर्ब लगानी भएको बताउनुभयो ।

कोभिडपछिको अवस्थामा रु २० देखि २५ अर्ब ह्याचरी उद्योगमा नोक्सान भएको पोखरेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, “पोल्ट्री क्षेत्र रहेन भने रु एक खर्ब ६० अर्बभन्दा बढी व्यापार नोक्सान व्यहोर्नुपर्छ ।”

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष ऋषिराम पौडेल चार वर्षदेखि लागतभन्दा कम मूल्यमा चल्ला बिक्री गर्न बाध्य भएको बताउनुहुन्छ । आर्थिक मन्दीसँगसँगै युवा जनशक्ति पलायन हुँदा कुखुरा पाल्ने र खपत गर्ने दुवैमा कमी आएको उहाँको भनाइ छ ।

कम व्याजदरमा लिएको ऋण बढेको, दानाको कच्चा पदार्थ, औषधि लगायतको मूल्य बढेको, भारतीय सीमाबाट चोरी गरी चल्ला आएकालगायत कारण यहाँको ह्याचरी उद्योग धरासायी बन्ने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “निजी क्षेत्रले मात्रै उद्योग धान्नसक्ने अवस्थामा अब उद्योग छैन ।”

साना व्यवसाय गर्न चाहने किसानसँग आर्थिक अभावका कारण पेसा नै पलायन हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । सङ्घका कोषाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अहिले ब्रोइलर चल्ला प्रतिगोटा रु ३५ देखि ४० मा बिक्री हुँदै आएको छ । यसको लागत मूल्य रु ६० देखि ६५ पर्न आउँछ । लेयर्स चल्लाको बजार मूल्य रु ७० देखि ७५ छ । यसको लागत मूल्य रु एक सय २० देखि एक सय ३० पर्न आउँछ ।

लामिछानेको भनाइमा ५० देखि ६० प्रतिशत नोक्सानमा पछिल्लो समय काम गर्नुपर्दा धेरै ह्याचरी बन्द भएका हुन् । नेपालमा विसं २०४२ देखि व्यावसायिकरुपमा ह्याचरीले चल्ला उत्पादन गर्न थालेका हुन् । यहीँ चल्ला उत्पादन हुन थालेपछि क्रमशः विदेशबाट चल्ला आयात रोकिएको थियो ।रासस

Chitwan Aaja चितवन आज
बिहिबार, पुष १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन
विपिनको सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि
एमाले केन्द्रीय कमिटी बैठक भोलि

ताजा समाचार

सबै

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

विपिनको सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

एमाले केन्द्रीय कमिटी बैठक भोलि

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech