काठमाडौं । डिनर अर्थात रातिको खानामा के खानेकुरा खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ, जुन राम्रो निद्रा, राम्रो पाचन, स्थिर ब्लड शुगरका लागि आवश्यक हुन्छ ।
हामी रातिको खानामा भात अथवा रोटी खान मन पराउँछौं । रातिको खानामा रोटी खानु राम्रो कि भात बढी फाइदाजनक हुन्छ ? अधिकांशको चासोको विषय हो ।
भात र रोटीको न्यूट्रिशनल भ्याल्यूमा बढी अन्तर हुँदैन । यद्यपि भातमा सोडियमको मात्रा शून्य हुन्छ भने १२० ग्राम गहूँमा १९० मिलीग्राम सोडियम हुन्छ ।
भातमा बढी क्यालोरी हुन्छ र पोषक तत्व बढी मात्रामा हुँदैन । ६० ग्राम चामलमा ८० क्यालोरी, एक ग्राम प्रोटीन, ०.१ ग्राम फ्याट र १८ ग्राम कार्ब्स हुन्छ ।
गहुँको रोटीमा चामलभन्दा बढी पोषक तत्व हुन्छ । ६ इन्चको सानो रोटीमा करिव ७१ क्यालोरी, ३ ग्राम प्रोटीन, ०.४ ग्राम फ्याट र १५ ग्राम कार्ब्स हुन्छ ।
भातमा रोटीको अपेक्षा फस्फोरस र म्याग्नेशियमको मात्रा कम हुन्छ । त्यस्तै भात र रोटीमा समान मात्रामा फ्लेट र आइरन पाइन्छ ।
डाइटीशियनका अनुसार भात र रोटी दुवै नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । भातसंग दाल खानाले शरीरलाई प्रोटिन प्राप्त हुन्छ । प्रोटीनमा शरीरका लागि आवश्यक सबै एमीनो एसिड हुन्छ ।
त्यस्तै जौ, कोदो, फापर आदि मोटा अन्नलाई गहुसंगै मिसाएर पिस्ने र त्यसको रोटी खानाले शरीरले क्याल्शियम, फस्फोरस र जिंक प्राप्त गर्छ ।
रोटी र भात दुबै कुरा एक–एक दिन बिराउर खान सकिन्छ । यद्यपि, हामीले डिनरमा खाने रोटी अथवा भातको मात्रामा भने ध्यान दिनु आवश्यक छ ।
डिनरमा यदि भात खाँदै हुनु हुन्छ भने आधा कचौरा मात्र चामल हाल्नु पर्छ । यदि रोटी खाँदै हुनु हुन्छ भने दुईदेखि चार वटा रोटी मात्र खानु पर्छ ।






