रत्ननगर,भदौ ३०
चितवनको रत्ननगर स्थित पेवा साकोसको आयोजनामा महिलाहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
संस्थाको १२ औँ वार्षिकोत्सबको अवसरमा नगर भित्रका महिलाहरुका पाठेघरको मुखको क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिवीर आयोजना गरिएको हो।
शुक्रबार रत्नगर–१५ स्थित पान्चायन डेरीको प्राँगणमा भएको सो शिविर भरतपुर–१० स्थित मनकामना अस्पतालको प्राविधिक सहयोगमा भएको हो।
कार्यक्रम संयोजक ठाकुर प्रसाद पन्तको अध्यक्षता रहेको सो कार्यक्रममा मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशक दिलिप घिमिरे प्रमुख अतिथीको रुपमा रहेका थिए। त्यस्तै,अतिथिहरुमा स्त्री रोग विशेषज्ञ प्रमुख डा।मोना श्रेष्ठ ,अस्पताल संचालक तथा नर्सिङ्ग विभाग प्रमुख कविता खतिवडा,पेवा साकोसका अध्यक्ष नवराज तिमल्सिना,पान्चायन डेरीका अध्यक्ष सन्दिप रेग्मी,संस्थाका सल्लाहकार बद्री प्रसाद अर्याल,दिपज्योती टोल बिकास संस्थाका अध्यक्ष पुष्पराज भण्डारी लगायत रहनुभएको थियो।
सो कार्यक्रममा महिला शसक्तीकरणकि संयोजक शर्मिला सिम्खडा लामिछानले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाको ब्यबस्थापक किशोर भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियोे ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं मनकामना अस्पतालका प्रमुख कार्यकारी निर्देशकले पेवा साकोसका सदस्यहरुलाई स्वास्थ परिक्षणमा अस्पतालबाट २०५ छुट रहेको जानकारी गराउनुभयो।
सो कार्यक्रममा संस्थाका अध्यक्ष तिमल्सिनाले बार्षिक उत्सव तथा साधारण सभाको जानकारी गराउनुभएको थियो।
शिविरमा नगर भित्रका ५५ जना महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको थियो । भने अन्य उपस्थित महिलाहरुका लागि सामान्य स्वास्थ्य परिक्षण र चिकित्सक द्वारा उचित परामर्श दिने कार्य भएको थियो।
शिविरमा स्त्री रोग विशेषज्ञ प्रमुख डा।मोना श्रेष्ठले स्वास्थ्य परिक्षण गर्नुभएको थियो।
वि।सं २०६९ बाट सेवा सुचारु गरेको यस संस्थाको शुरुवातमा २९ जना सदस्य रहेका थिए। जस अन्तर्गत जम्मा पुँजी दुई लाख नब्बे हजार रहेको थियो।
हाल यस संस्थामा ३ हजार ६ सय उनन्चास शेयर सदस्य रहेका छन। भने यस संस्थाको शेयर पुँजी ५ करोड ७७ लाख ७० हजार ७ सय रहेको छ। साथै संस्थाको कुल सम्पती ४५ करोड १५ लाख रहेको छ।
रत्ननगर–२,टाँडी स्थित मुख्य कार्यालय रहेको यस संस्थाको सेवा केन्द्र रत्ननगर–१५ स्थित पान्चायन चोकमा अवस्थित छ।
सो संस्थाले खैरहनी र रत्ननगर नगरपालिका कार्य क्षेत्र बनाएर सेवा संचालन गर्दै आएको छ।
स्थापना काल देखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस संस्थाले पछिलो समय सामुदायिक बिधालयका छात्र छात्रालाई स्टेशनरी बितरण, शेयर सदस्य सुत्केरी भेटधाट कार्यक्रम ,शिशुलाई पोषण र न्यानो कपडा उपहार, शेयर सदस्य राहत कार्यक्रम, उच्च शिक्षा हासिल गरेका सदस्यलाई सम्मान, बाल बचत कर्तालाई बर्थडे केक उपहार लगायत रहेका छन।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













