चितवन,असार ५
पूर्वी चितवनको रत्ननगर वडा नं १२ का गोपाल ओझाको घरबाट नगद सहित ठुलो परिमाणमा सुनका गहना चोरी भएको हो ।
दिउसो करिब १२स्४५ बजेको समयमा ओझाको किसानचोक स्थित घरबाट ३३ तोला ५० लाल सुन र साढे दुई लाख रुपैया चोरी भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
चोर घरको पछाडि पट्टीको ढोका फोरेर भित्र पसेको प्रहरीले जनाएको छ । घरको तलो तलको कोठामा रहेको दराज फोरेर नगद र गरगहना चोरी भएको वडाध्यक्ष सुन्दरमणि सुवेदीले जानकारी दिए । चोरको खोजीकार्य तीब्र पारिएको प्रहरीले जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













