चितवन जेठ २६
चितवनमा गर्मी कम नभए पछि रत्ननगर नगरपालिकाले नगरभित्रका सामुदायिक, संस्थागत विद्यालय र मन्टेश्वरीहरु थप दुई दिन बन्द गरेको छ ।
नगरपालिका अधिकृत राजेन्द्रप्रसाद वरालका अनुुसार आइतबार र सोमबार दुई दिन बर्षे विदा कट्टी हुने गरी गर्मी विदा गरिएको उनले बताए ।
यसअघि नगरपालिकाले जेठ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाले विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी पोखरीहरुमा पौडी खेल्न, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













