चितवन, जेठ ९ –
चितवनको बेस्ट डेस्टिनेशन एजुकेशनलले पूर्वि चितवनको टाँडीमा एजुकेशन सेमिनार सम्पन्न गरेको छ ।
बेस्ट एजुकेशनको टाँडी शाखाले आज सौराहा चोकको गंगोत्री होटल हलमा एक कार्यक्रम गरी उक्त सेमिनार सम्पन्न गरेको हो । सेमिनारमा १५० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका बेस्ट डेस्टिनेशनका प्रबन्ध निर्देशक संजय कुँवरले जानकारी दिए ।
सेमिनारमा उच्च शिक्षा अध्ययनका लागि जापान र अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई ती देशमा कसरी एप्लाई गर्ने ? डकुमेन्ट केके चाहिन्छ ? त्यहाँ पुगेपछि जागिरको अवसर, पिआर पाउने प्रक्रिया लगायतका कुराहरुका बारेमा जानकारी गराइएको थियो ।
साथै उक्त कार्यक्रममा सांस्कृतिक कार्यक्रम, लक्की ‘ड्र’ का विभिन्न खेल, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम समेत गरिएको थियो ।
पश्चिम चितवनको चनौलीमा मुख्य कार्यालय रहेको बेस्ट डेस्टिनेशन एजुकशेनलले उच्च शिक्षा अध्ययनका लागि जापान र अस्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिँदै आएको छ । जापानीज भाषा, आईईएलटिएस, पिटिई कक्षाहरु सञ्चालन गर्नुका साथै प्रोशेसिङ्गका सम्पूर्ण कामहरु आफूहरुले गर्ने प्रबन्ध निर्देशक कुँवरले बताए ।
बेस्ट डेस्टिनेशनले शैक्षिक परामर्श दिनुका साथै आईटी सम्बन्धि विभिन्न कक्षा एवम् विभिन्न तहका कम्प्युटर कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।