चितवन – चितवनमा १८० किलो लागुऔषध गाँजासहित भारतिय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले १८० किलो लागुऔषध गाँजा र एउटा भारतीय नम्बरको ट्रकसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार रक्सौल घर भएका ३० वर्षीय कुन्दन पटेल रहेका छन् ।
हिजो (शुक्रबार) भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बरको बिआर–०६जी २१२८ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ट्रकको क्याविनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई ल्याउन खोजिएको लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













