रत्ननगर – पूर्वी चितवनको रत्ननगर नगरपालिकामा शुक्रबार बिहान मर्निङवाक गर्ने क्रममा हृदयघात भएर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर–४ देवौलीका ५१ वर्षिय जीवन महतो रहेका छन् । रत्ननगर–९ खेतबारी रेष्टुरेन्ट नजिक उनको मृत्यु भएको टाँडी प्रहरीले जनाएको छ ।
बेलायतमा बस्दै आएका उनी चैते दशैँमा नेपाल आएका थिए । प्रहरीका अनुसार उनमा दिर्घरोग केहि थिएन । शवको पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













