Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

– हिरालाल आचार्य ‘Diamond’
चितवन, पुष २५
भरतपुर बाइपास सडक विस्तारमा लापरबाही भएपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थालिएको छ । कुल ४.४ किमि बाइपास सडक अन्तर्गतको केन्द्रीय बस टर्मिनलदेखि विशाल चोकसम्मको २.२ किमि सडकखण्ड विस्तारको काम सुरु भएको ६ वर्ष पुग्न लागिसक्दा पनि काम अझै सकिएको छैन ।

१३ करोड लागतमा १५ महिनामा काम सक्ने गरी ०७३ पुस १९ मा ठेक्का सम्झौता गरिएको उक्त सडक खण्डमा पाँच पटकसम्म म्याद थप भइसकेको छ । म्याद थपको अन्तिम मिति ०७९ भदौ मसान्तसम्म पनि काम नसकिएपछि सडक डिभिजनले निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवालाई कारबाही स्वरुप हर्जना लगाउन सुरु गरेको छ ।

विभिन्न कारणले पटकपटक म्याद थप हुँदै आएकोमा पछिल्लो पटक म्याद थप गर्नुपर्ने कुनै कारण नदेखिएकाले कारबाही गर्न सुरु गरिएको सडक डिभिजन भरतपुर चितवनका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर शाहले बताए । पहिलो चरणमा दैनिक ०.०५ प्रतिशत हर्जना तोकेर कारबाही सुरु गरिएको हो । जसअनुसार दैनिक ५७ हजार रुपैयाँ हर्जना पर्दछ ।

हर्जना तिर्नुपर्ने भएपछि निर्माण कम्पनीले लामो समयदेखि अड्किएको काम सुरु गरेको छ । निर्माण कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्दा पनि काम नसके ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा रहेको छ । सोही अनुसार अघि बढ्ने तयारी सडक डिभिजनको छ ।

सडक डिभिजनका अनुसार हाल ९१ प्रतिशत काम सम्पन्न भएको छ । सडकमा नयाँ पिच गरिएको भए पनि कतै खाल्डाखुल्डी छन्, कतै खाल्डा खुल्डी टालिएको छ भने कतै सडक नै भाँसिएको छ ।


४.४ किमि सडकलाई विस्तार गरी ६ लेन बनाउन लागिएको हो । दुई वटा खण्ड बनाएर काम हुँदै छ । बसपार्कदेखि विशालचोक पहिलो खण्ड हो भने विशाल चोकदेखि आँपटारीसम्मको दोश्रो खण्ड । दोश्रो खण्ड विस्तारको काम रायमाझी पशुपति जेभी निर्माण कम्पनीले गर्दै छ । २०७७ असार २६ गते २६ करोड लागतमा ०७८ फागुनमा काम सक्ने गरी सम्झौता गरिएको उक्त खण्डमा एकपटक म्याद थप भइसकेको छ । हालसम्म ३१ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सडकमा लगाइएको ठेक्का प्रक्रिया गञ्जागोल छ । पहिलो खण्डमा ४ लेन सम्मको काम गर्न गौरीपार्वतीलाई जिम्मा दिइएको हो । पहिलो खण्डको सर्भिस लेन दोश्रो खण्डमा काम गरिरहेको रायमाझी पशुपतिले बनाउनुपर्ने छ । छोटो सडकमा पनि दुई निर्माण कम्पनी हुँदा काम झनै लथालिंग बनेको देखिन्छ । पटकपटक डिजाइन परिवर्तन गर्दा यस्तो समस्या देखिएको हो ।
बाइपास सडक भएर यात्रा गर्ने यात्रु, सवारी चालक, व्यावसायी र स्थानीयले लामो समयदेखि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

स्थानीयले पटकपटक सडकमा धर्ना बसेर सडकको काम छिटो गर्न माग गर्दै आएका थिए । जति गरेपनि सडकको अवस्था उस्तै रहेको स्थानीय कृष्ण नेपालीको गुनासो छ । सडक छेउमै घर भएकाहरुको परिवारमा धुलोका कारण सबै जसो बिरामी पर्ने गरेको स्थानीय भगवती सुवेदीले बताइन् ।

सडकमा चालकहरुलाई सवारी साधन चलाउन पनि गाह्रो पर्ने गरेको छ । साँघुरो सडक र त्यसमाथिको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको अटो चालक ठाकुर बरुवाल बताउँछन् ।

दैनिक त्यही सडकमा पैदल यात्रा गरी विद्यालय पुग्ने विद्यार्थीहरुलाई सडकको विजोक अवस्थाले झनै दुःख दिएको छ । विद्यार्थी दिपा बस्नेतले सडक नबन्दा आफूहरुलाई विद्यालय जान ढिलो हुने गरेको गुनासो गरिन् । विद्यार्थी निरु श्रेष्ठले धुलोका कारण आँखामा समस्या आउने गरेको बताइन् ।

सडक छेउमा व्यावसाय सञ्चालन गर्नेहरुको व्यापार पनि सडककै कारण घट्दै गएको छ । लामो समयसम्म सडक अलपत्र हुँदा आफूहरु मर्कामा परेको व्यावसायीहरुको गुनासो छ । योक्ता सिरक डसना तथा पर्दा कार्पेट पसलकी सत्या बस्ताकोटीले बाटो बिग्रेका कारण ग्राहकरु पसलमा नआउने गरेको बताइन् । बाटैबाट पसललाई हेरेर फर्किने गरेको उनको गुनसो छ । खाजा घर सञ्चालन गर्दै आएका व्यावसायी सुरेन्द्र देवकोटाले धुलोको कारण ग्राहकहरु घट्दै गएको दुखेसो सुनाए ।

Chitwan Aaja चितवन आज
सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन
रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

ताजा समाचार

सबै

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

चौथो गैँडाकोट महोत्सव : १० हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन

रत्ननगर महोत्सव : छैठौं दिन सम्म डेढ लाखले गरे अबलोकन

चितवनमा माघ २ देखि ४ गतेसम्म नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुँदै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.