Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, जेठ १६, २०८३
☰
Logo शनिबार, जेठ १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो रहने छ आजको राशिफल

  • २. यस्तो रहनेछ आजको राशिफल

  • ३. यस्तो छ आजको राशिफल

  • ४. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५. पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

  • ७. दमौलीमा पार्किङ निषेधको निर्णयविरुद्ध व्यवसायी पसल बन्द गरेर आन्दोलनमा

  • ८. तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी

  • ९. बालेन सरकारको स्वेच्छाचारी गतिबिधिविरुद्ध संघर्ष गर्छौं- महेश बस्नेत

  • १०. काठमाडौंका आठ पालिकामा रास्वपाले अधिवेशन सक्यो, को को चुनिए ?

भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

– हिरालाल आचार्य ‘Diamond’
चितवन, पुष २५
भरतपुर बाइपास सडक विस्तारमा लापरबाही भएपछि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी थालिएको छ । कुल ४.४ किमि बाइपास सडक अन्तर्गतको केन्द्रीय बस टर्मिनलदेखि विशाल चोकसम्मको २.२ किमि सडकखण्ड विस्तारको काम सुरु भएको ६ वर्ष पुग्न लागिसक्दा पनि काम अझै सकिएको छैन ।

१३ करोड लागतमा १५ महिनामा काम सक्ने गरी ०७३ पुस १९ मा ठेक्का सम्झौता गरिएको उक्त सडक खण्डमा पाँच पटकसम्म म्याद थप भइसकेको छ । म्याद थपको अन्तिम मिति ०७९ भदौ मसान्तसम्म पनि काम नसकिएपछि सडक डिभिजनले निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवालाई कारबाही स्वरुप हर्जना लगाउन सुरु गरेको छ ।

विभिन्न कारणले पटकपटक म्याद थप हुँदै आएकोमा पछिल्लो पटक म्याद थप गर्नुपर्ने कुनै कारण नदेखिएकाले कारबाही गर्न सुरु गरिएको सडक डिभिजन भरतपुर चितवनका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर शाहले बताए । पहिलो चरणमा दैनिक ०.०५ प्रतिशत हर्जना तोकेर कारबाही सुरु गरिएको हो । जसअनुसार दैनिक ५७ हजार रुपैयाँ हर्जना पर्दछ ।

हर्जना तिर्नुपर्ने भएपछि निर्माण कम्पनीले लामो समयदेखि अड्किएको काम सुरु गरेको छ । निर्माण कम्पनीले १० प्रतिशतसम्म हर्जना तिरिसक्दा पनि काम नसके ठेक्का सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा रहेको छ । सोही अनुसार अघि बढ्ने तयारी सडक डिभिजनको छ ।

सडक डिभिजनका अनुसार हाल ९१ प्रतिशत काम सम्पन्न भएको छ । सडकमा नयाँ पिच गरिएको भए पनि कतै खाल्डाखुल्डी छन्, कतै खाल्डा खुल्डी टालिएको छ भने कतै सडक नै भाँसिएको छ ।


४.४ किमि सडकलाई विस्तार गरी ६ लेन बनाउन लागिएको हो । दुई वटा खण्ड बनाएर काम हुँदै छ । बसपार्कदेखि विशालचोक पहिलो खण्ड हो भने विशाल चोकदेखि आँपटारीसम्मको दोश्रो खण्ड । दोश्रो खण्ड विस्तारको काम रायमाझी पशुपति जेभी निर्माण कम्पनीले गर्दै छ । २०७७ असार २६ गते २६ करोड लागतमा ०७८ फागुनमा काम सक्ने गरी सम्झौता गरिएको उक्त खण्डमा एकपटक म्याद थप भइसकेको छ । हालसम्म ३१ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सडकमा लगाइएको ठेक्का प्रक्रिया गञ्जागोल छ । पहिलो खण्डमा ४ लेन सम्मको काम गर्न गौरीपार्वतीलाई जिम्मा दिइएको हो । पहिलो खण्डको सर्भिस लेन दोश्रो खण्डमा काम गरिरहेको रायमाझी पशुपतिले बनाउनुपर्ने छ । छोटो सडकमा पनि दुई निर्माण कम्पनी हुँदा काम झनै लथालिंग बनेको देखिन्छ । पटकपटक डिजाइन परिवर्तन गर्दा यस्तो समस्या देखिएको हो ।
बाइपास सडक भएर यात्रा गर्ने यात्रु, सवारी चालक, व्यावसायी र स्थानीयले लामो समयदेखि सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

स्थानीयले पटकपटक सडकमा धर्ना बसेर सडकको काम छिटो गर्न माग गर्दै आएका थिए । जति गरेपनि सडकको अवस्था उस्तै रहेको स्थानीय कृष्ण नेपालीको गुनासो छ । सडक छेउमै घर भएकाहरुको परिवारमा धुलोका कारण सबै जसो बिरामी पर्ने गरेको स्थानीय भगवती सुवेदीले बताइन् ।

सडकमा चालकहरुलाई सवारी साधन चलाउन पनि गाह्रो पर्ने गरेको छ । साँघुरो सडक र त्यसमाथिको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको अटो चालक ठाकुर बरुवाल बताउँछन् ।

दैनिक त्यही सडकमा पैदल यात्रा गरी विद्यालय पुग्ने विद्यार्थीहरुलाई सडकको विजोक अवस्थाले झनै दुःख दिएको छ । विद्यार्थी दिपा बस्नेतले सडक नबन्दा आफूहरुलाई विद्यालय जान ढिलो हुने गरेको गुनासो गरिन् । विद्यार्थी निरु श्रेष्ठले धुलोका कारण आँखामा समस्या आउने गरेको बताइन् ।

सडक छेउमा व्यावसाय सञ्चालन गर्नेहरुको व्यापार पनि सडककै कारण घट्दै गएको छ । लामो समयसम्म सडक अलपत्र हुँदा आफूहरु मर्कामा परेको व्यावसायीहरुको गुनासो छ । योक्ता सिरक डसना तथा पर्दा कार्पेट पसलकी सत्या बस्ताकोटीले बाटो बिग्रेका कारण ग्राहकरु पसलमा नआउने गरेको बताइन् । बाटैबाट पसललाई हेरेर फर्किने गरेको उनको गुनसो छ । खाजा घर सञ्चालन गर्दै आएका व्यावसायी सुरेन्द्र देवकोटाले धुलोको कारण ग्राहकहरु घट्दै गएको दुखेसो सुनाए ।

Chitwan Aaja चितवन आज
सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेकपा संयोजक दाहाल अस्पताल भर्ना
जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः सञ्चारमन्त्री डा तिमिल्सिना
आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

ताजा समाचार

सबै

नेकपा संयोजक दाहाल अस्पताल भर्ना

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छः सञ्चारमन्त्री डा तिमिल्सिना

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चिकित्सकहरुको सम्मेलन सुरु

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ भव्य रूपमा सम्पन्न, विद्यार्थीमा उत्साह

आदर्श गृह नेपालद्वारा प्रहरी प्रमुख पौडेललाई स्वागत तथा सम्मान

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

बालेन सरकारको पहिलो बजेट– वैदेशिक रोजगारीलाई प्रोत्साहन

नयाँ बजेटः चितवन परेन प्राथमिकतामा,केही पुराना योजनालाई निरन्तरता

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर, स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशत वृद्धि

सेनाको जवान आवास स्तरोन्नतिका लागि २ अर्ब बजेट

निजगढ विमानस्थलको मोडालिटी ६ महिनाभित्र

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा जोडिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो रहने छ आजको राशिफल

  • २.
    यस्तो रहनेछ आजको राशिफल

  • ३.
    यस्तो छ आजको राशिफल

  • ४.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ५.
    पर्सामा ‘द नेक्स्ट स्कलरसिप डे २०२६’ आयोजना हुँदै, विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षाबारे प्रत्यक्ष परामर्शको अवसर

  • ६.
    अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech