• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ १२, २०८२
☰
बिहिबार, भदौ १२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

    सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

    अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

    फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

    अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

    पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते भरतपुरमा हुने

    ‘ग्लोकल टीन हिरो–२०२५’को ‘२० अन्डर २०’मा छानिए चितवनका साजन अधिकारी

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    लोकप्रिय समाचार

    • १. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • २. चितवनबाट दिदीबहिनी बेपत्ता

    • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    • ४. रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

    • ५. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

    • ६. दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

    • ७. इम्बोस्ड नम्बर प्लेट तत्काल लागु नगर्न तीन संगठनको सरकारसँग अपिल

    • ८. हरितालिका पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै

    • ९. अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि नेपालको ४१ रनको जित, सन्दीपले ह्याट्रिकसहित लिए ५ विकेट

    • १०. आज आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

    राते रोगको प्रकोपः ‘यस वर्ष धानको भकारी रित्तै हुने भो’

    तनहुँ,असोज १६–

    “वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भन्नुभयो, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।” कृषि ज्ञानकेन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएको तर त्यसको प्रयोगले पनि केही उपलब्धि नभएको उहाँले बताउनुभयो ।

    सरकारले किसानका आवाजलाई सुनिदिएर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँ जस्तै म्याग्दे गाउँपालिका–७ स्थित पयेँरका ५० घरधुरीका किसानको माग छ । उक्त क्षेत्रमा दुई सय २० रोपनी क्षेत्रफलमा लगाएको धान खेतमा राते रोग लागेपछि यतिबेला किसान चिन्तित हुनुका साथै भोकमरी लाग्ने पिरले छटपटिएका छन् । धान पसाउने समयमा एकाएक रोग लागेर खेतभरिको रोपो पहेँलै भएर डढेपछि अब के खाने भन्ने चिन्ता किसानमा उब्जिएको छ ।

    वर्षभरि दुःख मेहनत गरेर लगाएको खेती भित्र्याउन नपाउने भएपछि किसान कृषि ज्ञानकेन्द्र तनहुँ र खुमलटार कृषि अनुसन्धान केन्द्र ललितपुरसम्म समस्या लिएर धाउँदा पनि कुनै समाधान हुन नसकेको बताउँछन् । कृषि ज्ञानकेन्द्रका प्राविधिक तथा खुमलटार कृषि अनुसन्धान केन्द्रका प्राविधिकलाई देखाउँदा पनि के रोग लागेको हो र कसरी रोग नियन्त्रण हुन्छ भन्ने विषयमा अन्योल रहेपछि किसान नै चिन्तित बनेको अगुवा किसान अगुवा अम्बिकाप्रसाद वाग्लेले बताउनुभयो ।

    प्राविधिकले दिएको औषधि धानबारीमा लगेर पटक–पटक प्रयोग गरे पनि कमी नभएपछि किसानले यस वर्ष उब्जनीको माया मारिसकेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित ठाउँका कार्यालयका ढोका ढकढक््याउँदा केही नभएपछि अब किसानले पानी सुकाएर पहेँलिएर डढ्न थालेको रोपोमा आगो लगाउने योजना बनाएका छन् । किसानले जोत्नदेखि रोपाइँ गर्दा ट्र्याक्टर लगाउन, रोप्ने खेताला, गोड्न, मल, औषधि प्रयोग गर्दासम्म धेरै खर्च र लगानी भइसकेको अवस्थामा रोपोमा रातेरोग लागेपछि कसरी जीवन बचाउने भन्ने चिन्ता थपिएको छ ।

    “आफूले लगाएको खेती कस्तो भयो भनेर बिहानै उठेर हेर्न मन लाग्छ, खेतमा हे¥र्यो मन उराठिन्छ”, अर्का किसान रामबहादुर नेपालीले भन्नुभयो, “विरक्त लाग्छ, हिजोआज खेततिर पनि गएको छैन, दुःख परिश्रम सबै खेर गयो, भकारी पनि रित्तै हुने भयो ।” साहुको खेत अधियाँमा गरेको सबै रातेरोगले खाएर नष्ट गरिदिएको छ । “हामी गरिबलाई कसले हेर्छ र रु”, मलिन मुद्रामा दुखेसो पोख्दै अर्का किसान कोपिला नेपालीले भन्नुभयो ।

      Chitwan Aaja चितवन आज
      आइतबार, असोज १६, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध
      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
      चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

      ताजा समाचार

      सबै

      काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

      चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम सञ्चालन

      रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

      पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

      भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

      संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

      चितवनबाट दिदीबहिनी बेपत्ता

      पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

      रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

      लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

      शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

      मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

      भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व आज मनाइँदै

      हेर्नु भयो ?

      न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

      लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

      अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

      चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

      रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

      ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

      चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

      चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

      सुनको मूल्य फेरि घट्यो

      बीरेन्द्र बहुमुखी क्याम्पसमा तीन-दिने ग्राफिक डिजाइनिङ कार्यशाला सम्पन्न

      चितवनमा पहिलो पटक टेनिस प्रतियोगिता सुरु

      कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      विशेष

      सबै
      • १.
        आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

      • २.
        त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

      • ३.
        माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

      • ४.
        पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

      • ५.
        सुनको मूल्य फेरि घट्यो

      • ६.
        थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

      • ७.
        सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

      • ८.
        रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

      • ९.
        दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

      • १०.
        कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

      • ११.
        फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

      • १२.
        सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

      साताको चर्चित

      • १.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • २.
        चितवनबाट दिदीबहिनी बेपत्ता

      • ३.
        कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

      • ४.
        रौतहटकी रुबी हत्याका आरोपी लक्ष्मण पासवानको मृत्यु

      • ५.
        आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

      • ६.
        दुर्घटनामा परेर गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.