Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, जेठ ०८, २०८३
☰
Logo शुक्रबार, जेठ ०८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • २. सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

  • ३. प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

  • ४. आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

  • ५. मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

  • ६. सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

  • ७. मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण

  • ८. मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

  • ९. चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव हुँदै, एकराज बुर्लाकोटी मूल संयोजक नियुक्त

  • १०. चिनीमा आत्मनिर्भरताका लागि उत्पादन वृद्धिको योजना बनाउँदै सरकार

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन

नवलपुर (नवलपरासी), जेठ ८-
नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ ।

समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो । समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मनपरि खनिएको पाइएको बताउनुभयो । नदीमा अनुमतिभन्दा गहिरो खाल्डो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिइएको भन्दा अन्यत्र स्थानमा पनि उत्खनन भएको पाइएको उहाँको भनाइ छ । उहाँले नदीजन्य पदार्थ उत्खनन गर्दा नियमविपरीत हुन नहुने बताउनुभयो ।

“हामीले यसअघि पनि अनुगमन गरेका थियौँ, नियमपूर्वक उत्खनन भएको नदेखिएपछि हामीले नियमसङ्गत पार्न विभिन्न सुझाव दिएका थियौँ”, प्रमुख विश्वकर्माले भन्नुभयो, “तर, एक हप्तासम्म पनि सन्तोषजनकरुपमा सुधार भएको पाइएन ।”

नदीमा चार स्काभेटर प्रयोग गर्नुपर्ने भए पनि त्यो भन्दा बढी प्रयोग भएको पाइएको भन्दै प्रमुख विश्वकर्माले नदीबाट ढुवानी भएका नदीजन्य सामग्रीको यथार्थ विवरण र चलानी विजक नियमित हुनुपर्ने बताउनुभयो । नदीमा दैनिक नौ वटासम्म स्काभेटर र २०० बढी ट्रिपर प्रयोग गरी उत्खनन गर्दा आवश्यकताभन्दा बढी नदीजन्य पदार्थ निकालिएकाले तत्काल नापजाँच गर्नुपर्ने उहाँले बताउनुभयो ।

“नदीजन्य पदार्थ उत्खनन गर्दा नियमविपरीत हुनुहुन्न भन्ने विषयमा हामी संवेदनशील छौँ”, प्रमुख विश्वकर्माले भन्नुभयो, “यो विषयमा हामीले यस अगाडि गरेको अनुगमनमा धेरै कुराहरु अध्ययन गर्दै उत्खननको लेभलिङ हुनुपर्ने (समान गहिराइमा खनिनुपर्ने), उत्खनन गर्ने क्षेत्र स्पष्ट हुनुपर्ने कुरा, चलानी क्रमअनुसार हुनुपर्छ भन्ने कुरा, उत्खनन हुने क्षेत्रमा नगरप्रहरी तथा नेपाल प्रहरी हुनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ ।”

अनुगमनका क्रममा चाहिनेभन्दा बढी टिपर देखेपछि प्रश्न गर्दा ठेकेदार पक्षले अन्यत्र खोला नखुल्दा यहाँ टिपर ल्याइएको प्रतिक्रिया दिएका प्रमुख विश्वकर्माको भनाइ छ । आवश्यक पर्नेभन्दा बढी टिपर प्रयोग नगर्न र त्यसको यथार्थ विवरण अनुगमन समितिमा जानकारी दिन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

नदीबाट ढुङ्गा, गिट्टी, बालुवा ढुवानीका क्रममा पनि राजमार्गमा पानी चुहाउँदै ढुवानी भएको, बाटोमा धुलो उडाउँदै ढुवानी भएको स्थानीयले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले उत्खननपछि टिपरको पानी नचुहिने गरी ढुवानी गर्न तथा टिपरलाई त्रिपालले छोपेर ढुवानी गर्न निर्देशन दिनुभयो ।

“ढुवानीलाई व्यवस्थित गर्ने काम नगरपालिकाको हो, आवश्यक परेमा हामीले सुरक्षा प्रबन्ध मिलाइदिन्छौँ”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ ढुवानी गर्ने क्रममा सिसी क्यामेराबाट निगरानी गर्न सकिन्छ ।”

नारायणीमा बाँध बाँधेर तथा नदीको धार परिवर्तन गरेर उत्खनन भइरहेको विषयमा आफूहरुलाई जानकारी नभएको प्रजिअ पाण्डेले बताउनुभयो । नारायणीको भङ्गालोमा ह्युम पाइप राखेर सडक निर्माण गरी भइरहेको ढुवानीको विषयमा भने उहाँले उत्खनन भएको ठाउँबाट मुख्य सडकसम्म नदीजन्य पदार्थ लैजान पहुँचमार्ग आवश्यक हुने भएर यसको विरोध गर्न नहुने बताउनुभयो ।

“खोला नै थुनेको विषयमा हामी त्यति जानकार छैनौँ । तर, नदीमा बाढी आउँदा उत्खननमा राखिएका उपकरण बगाउनसक्ने भएकाले केही बाँध बाँधिएको जानकारीमा आएको छ”, उहाँले भन्नुभयो, “उत्खनन सकिएपछि त्यो बाँध भत्काउन लगाउँछौँ ।”

नगरपालिकाले गत माघमा सूचना निकालेर ठेक्का प्रकृया अगाडि बढाएको थियो । पालिकाले लगाएको ई–बिडिङ ९अनलाइन ठेक्का०अनुसार चार संस्थाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का हालेका थिए । ठेक्का हालेकामध्ये पहिलो र दोस्रो संस्थाले ठेक्का सकार नगरेपछि तेस्रो बढी रकम कबोल गर्ने संस्था जिम्माल बिल्डर्सले नदीजन्य पदार्थ उत्खनन ठेक्का हात पारेको थियो ।

पालिकाले ७८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि करिब रु चार करोडमा जिम्माल बिल्डर्सलाई ठेक्का दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताउनुभयो । चलानी बिजकअनुसार नदीबाट ४९ हजार ८०० घनमिटर नदीजन्य पदार्थ उत्खनन भएको भन्दै लामगादेले अब बाँकी २९ हजार घनमिटर नदीजन्य पदार्थ उत्खननमा चार किल्ला तोकिएको सबै क्षेत्र उत्खनन गर्न आवश्यक नरहेको जिम्माल बिल्डर्सले जनाएको छ । नदीजन्य पदार्थ उत्खनन र ढुवानीमा सम्झौताभन्दा बढी उपकरण प्रयोग गरिएमा कारबाही गरिने अधिकृत लामगादेले बताउनुभयो । जिम्माल बिल्डर्सले गत वैशाख १२ गतेदेखि नदीजन्य पदार्थ निकाल्ने अनुमति पाएको हो । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज
सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने
आईसीसी विश्वकप लिग–२ः इशान पाण्डेको दोस्रो अर्धसतक पूरा

ताजा समाचार

सबै

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने

आईसीसी विश्वकप लिग–२ः इशान पाण्डेको दोस्रो अर्धसतक पूरा

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसि क्यामरा जडान गरिने

जेठ १४ गते देशभर सार्वजनिक बिदा

नारायणी नदी उत्खनन व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरको निर्देशन

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

अख्तियारको छानबिन सकिने बेला एमालेले राज्यकोषमा फिर्ता गर्‍यो करिब चार करोड

यस्तो छ आजको राशिफल

सात वर्षअघिको हत्या घटनाका फरार आरोपी पक्राउ

‘जेनजी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने

रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण

ट्याक्सी व्यवसायमा सिण्डिकेट रहेको महाविर पुनको दाबी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • २.
    सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

  • ३.
    प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

  • ४.
    आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

  • ५.
    मदन–आश्रितप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा श्रद्धाञ्जली

  • ६.
    सरकारको नियत सही देखिएन, प्रतिवाद गर्छौं : प्रचण्ड

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech