Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, जेठ १३, २०८३
☰
Logo बुधबार, जेठ १३, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. यस्तो रहने छ आजको राशिफल

  • ३. ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ४. चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

  • ५. पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ६. रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

  • ७. आइतबार चितवनमा मोटरसाइकल डोर्‍याएर फरक खालको प्रदर्शन गरिँदै

  • ८. कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ९. सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि

  • १०. आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

कसरी मनाउँछन् तेस्रोलिङ्गीले तीज ?

काठमाडौं ,भदौ १३ –

तीज पर्वमा माइत गएर, आमा दिदीबहिनी भेटघाट गरेर आफूले जीवनमा भोगेका पीडालाई गीतमार्फत् अभिव्यक्त गर्दै मनाउने गरिन्छ । तर तेस्रोलिङ्गी महिलाले भने आफन्तभन्दा पनि आफ्ना साथीभाइसँग मनाउने गर्छन् तीज ।

आफन्तको व्यवहारका कारण उनीहरु साथीभाइबीच भेटघाट गरी तीज मनाउने गरेका हुन् । “तीज पर्व आफन्तसँग मनाउन रमाइलो हुन्छ, आमा, दिदीबहिनी भेटघाट गर्दा छुट्टै आनन्द हुन्छ होला”, सिन्धुलीकी रुविना तामाङले भनिन्, “घरपरिवार र समाजले मलाई सहजरुपमा स्वीकार गरेको छैनन्, पहिरन पनि मिल्दैन, सोच मिल्दैन ।” रुविनालाई परिवारसँग भेट्न नपाए पनि आफ्नो खुसीका लागि साथीसँग मिलेर तीज मनाउन राम्रो लाग्छ । “म व्रत बस्छु, पहिला त निराहार बस्थेँ, अहिले फलफूल खाएर बस्छु” उनले सुनाइन्, “राम्रो पति मिलोस् भनेर व्रत गरेको छु, विधिपूर्वक पूजा गर्छु ।”

तेस्रोलिङ्गी महिला सबैले व्रत बस्दैनन् । व्रत बस्दा मन्दिरमा पूजा गर्न सहज पनि छैन । यी समुदायका महिला सुरुमा पुरुष भएर जन्मिएका हुन्छन् । बाबुआमाले छोराकैरुपमा हुर्काएका हुन्छन् । तर हुर्कने, बढ्ने क्रममा आफूलाई छोरीको महसुस गरेर छोरीकै पहिरन लगाउने, छोरीकै हाउभाउ देखाउने र व्यवहार गर्ने गर्दछन् । जन्मँदा छोरा भनेर परिवार र समाजले हेरिरहेको हुन्छ । पछि एकैपटक छोरीका रुपमा समाजले सहजरुपमा स्वीकार्न सक्दैन । “मलाई पनि तीजको दिन माइत जान, दर खान र व्रत बस्न मन लाग्छ, तर त्यो सम्भव छैन”, रुविनाले भनिन्, “साथीभाई भेटघाट गर्न रहर लाग्छ, परिवारले स्वीकार गर्दैन, समाजमा अनेक कुरा गर्दछन्, यसकारण पनि हामी घरमा जाँदैनौ ।”

“म छोराका रुपमा जन्मिएको हो, पछि किशोर अवस्थामा हुर्कँदै जाँदा छोरीको महसुस भयो”, रुविनाले आफ्नो बाल्यकालको कहानी सुनाउँदै भनिन्, “मलाई पनि विवाह होस्, बच्चा होस्, श्रीमान् भन्न पाइयोस् जस्तो लाग्छ, तर सम्भव छैन ।” नेपालको संविधानमा यो समुदायलाई अन्य नागरिकका रुपमा नागरिकता दिने व्यवस्था गरिएको छ । तर कानुन बन्न नसक्दा प्रभावकारी रुपमा त्यो कार्यान्वयन भएको देखिँदैन । “संविधानमा लेखिएपछि निकै आफ्नै पहिचान हुन्छ भनेर खुसी लागेको थियो । तर संविधानमा सीमित भयो”, उनले जोडिन्, “कागजमा लेखिएका कुरा कार्यान्वयन भएन ।” यो समुदायलाई तीज र अरु पर्व मनाउन सहरी क्षेत्रमा सहज भए पनि ग्रामीण भेगमा कठिन छ ।

समाजमा यो समुदायलाई जीवनयापन गर्न पनि कठिन छ । “आफ्नो दिमाग र मन मष्तिष्कले छोरी हो भन्ने महसुस भएपछि मलाई छोराका रुपमा परिवार र समाजमा बस्न मन लागेन”, रुविनाले जीवन कठिन मोडबाट अघि बढेको स्मरण गर्दै सुनाइन्, “छोराले अचानक छोरीको पहिरन, व्यवहार, लजाउने स्वभाव देख्दा स्वीकार गर्न सहज भएन ।” तेस्रोलिङ्गी महिलाले तीज पर्व र अन्य पर्व पनि साथीभाइसँग मिलेर मनाउँछन् । सहरी क्षेत्रमा एकाध स्वीकार गरिएको भए पनि धेरैको परिवारले स्वीकार गर्न नसकेको नै गुनासो छ । अधिकांश ग्रामीण भेग र परिवारमा यो समस्या छ । “म पनि आमाकै कोखबाट जन्मिएको हो, हामी छुट्टै ग्रहबाट आएको होइन, आकाश या धर्तीबाट आएको पनि होइन”, तीज पर्वका अवसरमा रुविनाले परिवार, समाज र राष्ट्रसँग आग्रह गर्दै भनिन्, “हाम्रो भविष्य अनिश्चत छ, आफ्नो सन्तान जस्तै हो भनेर सबैले माया र सहयोग गर्न अनुरोध गर्छु ।”

घरपरिवार र समाजमा सहज रुविनालाई मात्र होइन महोत्तरीकी नग्मा खानलाई मुस्लिम परिवारमा जन्मिएको भए पनि मस्जिदमा जान प्रतिबन्ध छ । त्यसैले उनले हिन्दू महिलाले मनाउने तीज पर्व मनाउँछिन् । “मलाई नमाज पढ्न, रोजा बस्न दिइँदैन, मस्जिदमा जान अनुमति छैन”, उनले थपिन्, “मन लाग्यो भने आफूले घरमै बसेर गर्छु, हिन्दू भएर मन्दिरमै गएर पूजा गर्छु ।” नग्माको यादव थरको पुरुषसँग विवाह भएको छ । नग्मा पनि छोरा भएर जन्मिएको हुनाले समाजले छोरीका रुपमा स्वीकार गर्न सकेको छैन ।

“म पतिका लागि तीजमा व्रत बस्छु, मेरो पति हाम्रो समुदायको होइन, जन्मजात नै पुरुष हो”, उनले पतिका बारेमा जानकारी दिँदै भनिन्, “परिवारको आग्रहमा मेरो श्रीमान्ले केटीसँग विवाह गर्नुभएको छ, एक छोरा छ, हामीसँगै बस्छ”, नग्माले एउटा पारिवारिक जीवन बिताउँदै आएकी छन् । छोरा पनि साथमा भएकाले परिवार पूरा भएको महसुस उनलाई छ । “मलाई माइतीले स्वीकार गरेको छैन, तर श्रीमान्ले परिवारले स्वीकार गरेका छन्, जाने आउने सबै खालको सम्बन्ध छ”, उनले थपिन्, “अर्को श्रीमती गाउँमा बस्नुहुन्छ, म सहरमा छु, सबै परिवारलाई जानकारी छ, श्रीमान्कै घरमा गएर बसेर चाडपर्व मनाउँछौँ ।”

बेलाबेला उनका पतिलाई समाजले नराम्रो तरिकाले भन्ने गरेको सुनाउँदै उनले भनिन्, “गाउँमा समाजले तेरो छोरा हिजडासँग बसेको छ भनेर भनिरहन्छन्, त्यो सुनेर उहाँको मन पनि खिन्न हुँदो हो, हामी जुन समुदायमा हुर्किएका छौँ, त्यो समाजले अहिले पनि सहजरुपमा लिन सकेको छैन ।” नग्माको छोराकै नाममा नागरिकता छ । उनले एमएसम्म पढेका छन् । धेरैले बाबुआमाकै नाममा नागरिकता लिएर बसेका छन् । “आफ्नो पतिको लागि भनेर एकदिन व्रत बस्दा राम्रो लाग्छ”, उनले थपिन्, “जिन्दगीमा जीवनसाथी महत्वपूर्ण छ, उसको लागि व्रत बस्दा असाध्यै राम्रो लाग्छ ।”

नील हीरा समाजका अध्यक्ष पिङ्की गुरुङलाई तीज पर्व आफ्नो समुदायको अधिकारका लागि पनि लड्ने दिनजस्तो लाग्छ । “हरेक वर्ष तीज मनाउँछु, वर्ष दिनमा आउने पर्व परिवारसँग मनाउन पाइँदैन”, उनले परिवारको याद धेरै आउने गरेको सुनाउँदै भनिन्, “घरपरिवारको तिर्सना मेटाउन साथी मिलेर मनाउँछौँ, समाजले यो समुदायलाई सांस्कृतिरुपमै वञ्चित गरेको छ, यो भन्दा दुःख लाग्छ ।” उक्त समाजको तथ्याङ्कअनुसार नेपामा करिब नौ लाख लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय रहेका छन् । परिवार तथा समाजले सहजरुपमा स्वीकार गर्न नसकेका कारण उनीहरु खुलारुपमा बाहिर आउन नसकेको अध्यक्ष गुरुङको भनाइ छ । सो समाजका २५ जिल्लामा कार्यालय छन् । ती सबै कार्यालयमा तीज कार्यक्रम मनाउने तयारी छ । “हरेक वर्ष काठमाडौंमा कार्यालयमै तीज मनाउने गरिन्थ्यो, अहिले धेरै छौँ”, उनले भने, “यो वर्ष गैरीधारास्थित सिल्भर ओक भोजमा कार्यक्रम गर्ने तयारी छ ।” उनका अनुसार उक्त समुदायको तीज कार्यक्रममा उत्कृष्ट नृत्य, हास्य नृत्य, उत्कृष्ट पहिरन, उत्कृष्ट हिँडाइलाई पुरस्कार प्रदान गरिन्छ । अध्यक्ष गुरुङका अनुसार कसैलाई पनि पर्वमा परिवारको सम्झनामा पीर मानेर बस्नु नपरोस् भनेर कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त समुदायले १७ वर्षदेखि तीज कार्यक्रम मनाउँदै आएको छ ।

नील हीरा समाजका कार्यक्रम निर्देशक सञ्जय शर्माका अनुसार जन्मँदै छोरा तर हुर्कँदै बढ्दै जाँदा छोरीको महसुस गर्ने तेस्रो लिङ्गी महिलाले तीज पर्व मनाउँछन् । जन्मँदा छोरी भएर जन्मने तर हुर्कने बढ्ने क्रममा छोरा व्यवहार देखिनेले व्रतबन्ध गर्ने, बाबुआमाको काजकिरिया गर्ने गर्छन् । यो वर्ष तीज कार्यक्रममा उक्त समुदायका चार सय महिला सहभागी भएर तीज मनाउने कार्यक्रम छ । उक्त समाजले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि काम गर्दै आएको छ । नेपालमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिमा पनि विशेष गरी तेस्रोलिङ्गी वर्गको हकअधिकारका लागि काम गर्न स्थापना गरिएको हो । विविध लैङ्गिकता र यौनिकताका व्यक्तिविरूद्ध विद्यमान कानुनमा परिवर्तनको पक्षमा वकालत गर्न सन् २००१ मा स्थापित भएको थियो । समाजले विविध लैङ्गिक र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्यसम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने र हिंसाको अभिलेख राख्ने उद्देश्य रोखेको छ । यो समुदायबाट सुनिलबाबु पन्त र भूमिका श्रेष्ठले कानुन बनाउने निकायमा समेत नेतृत्व गरिसकेका छन् । सर्वोच्च अदालतमा यौनिक तथा अल्पसङ्ख्य समुदायका सदस्यलाई भेदभाव हुने गरी बनाएका कानुन खारेज गर्न आदेश दिएको थियो ।

नेपालको संविधानको धारा १२ मा वंशीय आधार तथा लैङ्गिक पहिचानसहितको नागरिकता प्रदान गर्ने व्यवस्था गरेको थियो । तर त्यसअनुरुप कानुन बन्न सकेको छैन । एकाध व्यक्तिले बाहेक अरुले नागरिकता प्राप्त गर्न सकेका छैनन् । उनीहरुमाथि हुने असमान व्यवहार र दुव्र्यवहारमा भने कमी नभएको उक्त समुदायका सदस्यको भनाइ छ । तीज पर्व यो समुदायका महिलाको हक अधिकारका लागि पनि मनाइने गरिन्छ । आफूले भोग्नुपरेका समस्यालाई चिर्दै अधिकार प्राप्तिको अभियानसँगै जोडेर मनाउने गरेको समाजकी अध्यक्ष गुरुङको भनाइ छ । “तीजपर्व सशक्तीकरण र नारी आवाजलाई बुलन्द गरी मनाउने पर्व हो”, समाजकी अध्यक्ष गुरुङले भने, “हाम्रो समुदायको अधिकार प्राप्तिका लागि खबरदारी अभियानका रुपमा हामीले मनाउने गरेका छौँ ।”

अध्यक्ष गुरुङ पनि जन्मँदा पुरुष भएर जन्मिएर हुर्कंदै बढ्दै जाने क्रममा छोरी भएकी हुन् । “हुर्कंदै÷बढ्दै जाँदा मलाई महिलाको अनुभव हुन थाल्यो, आफ्नै उमेरका केटी तीजको व्रत बस्थे, म शारीरिकरुपमा केटाजस्तो देखिन्थेँ”, उनले विगत स्मरण गर्दै भनिन्, “मेरो भावनालाई समाजले बुझ्दैनथ्यो, अहिले म निर्धक्क व्रत बस्छु, केटीकै कपडा लगाएर हिँड्छु ।” रासस

Chitwan Aaja चितवन आज
सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

ताजा समाचार

सबै

संगठित हुँदै काठमाडौं पुगे सुकुम्बासी

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे

संसदमा प्रधानमन्त्री आउनुपर्छ, नभए मलाई निकाल्नुपर्छ :हर्क साम्पाङ

लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छः मन्त्री श्रेष्ठ

क्यान्सर अस्पतालमा औषधि अभाव, विश्वव्यापी आपूर्ति अभावले केमोथेरापी नै प्रभावित

बुधबार कुन राशिका लागि शुभ हेर्नुहाेस् राशिफल

रत्ननगरमा पनि अब शनिवार बजार बन्द हुने,सोमबार खुल्लानै रहने

पर्यटन विधेयकमाथि संसदमा छलफल सुरु, पर्यटन क्षेत्र व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक रहेको सांसदहरुको दाबी

हेटौँडामा फरक फरक घटनामा दुई जनाको मृत्यु

विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’

वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

बाँदर आतंक रोक्न जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ:सांसद ओली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    यस्तो रहने छ आजको राशिफल

  • ३.
    ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

  • ४.
    चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

  • ५.
    पुष्पाञ्जली हस्पिटल र कृषि विकास बैंक पूर्व कर्मचारी समाजबीच उपचार सहुलियत सम्झौता, २५ प्रतिशतसम्म छुट सुविधा

  • ६.
    रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech