चितवन —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशन भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने भएको छ।
यसअघि महाधिवेशन टाँडीमा गर्ने तयारी गरिएको भए पनि स्थान परिवर्तन गरी भरतपुरमा गर्ने निर्णय गरिएको हो।
रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार महाधिवेशनको उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको सभाहलमा सञ्चालन गरिनेछ।
पार्टीको महाधिवेशन असार ७, ८ र ९ गते तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको पार्टीले जनाएको छ।















