Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असार ०१, २०८३
☰
Logo सोमबार, असार ०१, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • २. विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ३. सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ४. यस्तो छ आजको राशिफल

  • ५. जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६. बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

  • ७. बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

  • ८. चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

  • ९. बाल्यकालदेखि सफलतासम्मको प्रेरणादायी यात्रा लिएर ‘द एभरेस्ट टक शो’ आज देखि प्रसारणमा

  • १०. नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा (रुपन्देही), असार १-
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उहाँले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले लुम्बिनीबाट सुरु भएको शान्तियात्राको सन्देश मुलुकभर फैलिनुपर्नेमा जोड दिनुभयो । उहाँले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधान प्रहरी एक्लैको प्रयासबाट सम्भव नहुने बताउनुभयो । यसका लागि समाजका सबै पक्षले जिम्मेवारीबोधका साथ सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले परम्परागत कार्यशैलीभन्दा पनि प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । बुद्धको शान्ति मार्गलाई व्यवहारमा उतार्दै प्रहरीले समाज रूपान्तरणका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सडक दुर्घटना, लागूऔषध दुव्र्यसन र आत्महत्याजस्ता घटनाले समाजलाई चुनौती दिइरहेको बताउनुभयो । खुला सीमाका कारण लागुऔषधको जोखिम बढ्नुका साथै युवाहरू कुलतमा फस्न थालेकाले यसको रोकथान र नियन्त्रणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नगरप्रमुख हरिजनले युवाको संरक्षण र सचेतनाका लागि नगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले सञ्चालन गरिरहेको ‘प्रहरी हाम्रो साथी’ तथा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी रहेका उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरी र समुदायबीचको आत्मीय सम्बन्ध आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय समाजमा देखिएका हिंसात्मक गतिविधि र विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न कार्यक्रमले सकारात्मक योगदान पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय सङ्गीत विद्यालयको प्रस्तुतिसहित सडक नाटकको माध्यमबाट लागूऔषध दुव्र्यसन, सडक दुर्घटना न्यूनीकरण, आत्महत्यालगायत विषयमा सचेतनामूलक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

यसैबीच, नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आयोजना गरिएको प्रविधिमा आधारित ‘ह्याक फर सेफ्टी ह्याकाथुन’ प्रतियोगिता सम्पन्न भएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरबाट छनोट भएका युवा तथा प्रविधिविज्ञको सहभागिता थियो ।

प्रविधिको प्रयोगमार्फत प्रहरी सेवा, सुरक्षा व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रहरी नायब महानिरीक्षक खत्रीले बताउनुभयो । उहाँले अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाका क्षेत्रमा नवीन र व्यावहारिक समाधान खोज्ने प्रयासस्वरुप प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी युवाले मोबाइल एप, कृत्रिम बौद्धिकता (एआई), भ्वाइस सिस्टम तथा डिजिटल प्लेटफर्ममा आधारित विभिन्न अवधारणा प्रस्तुत गरेका थिए । प्रमुख प्रहरी नायब महानिरीक्षक खत्रीले प्रतियोगिताबाट परम्परागत प्रहरी कार्यशैलीलाई प्रविधिसँग जोड्दै नागरिकले घरबाटै उजुरी तथा सूचना दिन सक्ने, ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउने, विपद् तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताका लागि देशभरबाट छनोट भएका १०० समूहले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । सहभागी टोलीलाई आवश्यक प्राविधिक सहयोग तथा मार्गदर्शनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा निर्णायकको व्यवस्था गरिएको थियो । रासस

Chitwan Aaja चितवन आज
सोमबार, असार ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली (तस्बिरहरु)
तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ
पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छः शंकर पोखरेल

ताजा समाचार

सबै

काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली (तस्बिरहरु)

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छः शंकर पोखरेल

नेपालको विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना

सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य

सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति

नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ

ललितपुर महानगरमा ई–चलान प्रणाली लागू, अब क्यूआरमार्फत जरिवाना तिर्न सकिने

तयार भयो नयाँ संसद् भवनको बैठक कक्ष (तस्वीरहरु)

सुनको मूल्य ५ हजारले बढेर २ लाख ९८ हजार २ सय रुपैयाँमा कायम

चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

यस्तो छ आजको राशिफल

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

बन्जी जम्प गर्नुअघि कर्मचारीले बिर्सिए डोरी बाँध्न, १३० फिटको उचाइबाट खसेर युवतीको मृत्यु

सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छः मन्त्री डा.वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर

  • २.
    विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

  • ३.
    सुनको मूल्य तोलामा १० हजार एकसय रुपैयाँले घट्यो

  • ४.
    यस्तो छ आजको राशिफल

  • ५.
    जेन्जी सरकार , जेन्जी डाक्टरलाई न्याय दे भन्दै ७ बुँदे माग राखेर डाक्टरहरुको माइतीघरमा प्रदर्शन

  • ६.
    बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech