Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ २६, २०८३
☰
Logo मङ्गलबार, जेठ २६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सीला आले मगरको धमाकेदार सांगीतिक प्रस्तुतिसँगै स्टार्स मन्टेश्वरी एकेडेमीले भव्य रूपमा मनायो आफ्नो १६ औँ वार्षिकोत्सव ।

भरतपुरको ISHM (आईएसएचएम) मा होटल म्यानेजनमेन्ट र कुलिनरी आर्टसमा भर्ना खुल्यो

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

लोकप्रिय समाचार

  • १. माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २. अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ३. सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • ४. बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ५. सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ६. कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

  • ७. शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

  • ८. पाँच किलो गाँजा र ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ

  • ९. चितवन भरतपुरको कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

  • १०. सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

चितवन, जेठ २६ –
चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटका प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका प्रतिनिधको उपस्थितीमा आफ्नो सभाहलमा सोमबार वर्तमान अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको परिचय, चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघले अघि सारेका आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनले संघीय राजधानी रहेको बागमती प्रदेशका सम्भावनाहरू अझै पर्याप्त रूपमा उजागर हुन नसकेको उल्लेख गर्दै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन महासंघलाई आग्रह गरे।

चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले बागमती प्रदेश महासंघ निजी क्षेत्रको छाता संगठन भएकाले उद्यमी–व्यवसायीका आवाज सम्बन्धित निकायसम्म पुर्‍याउने पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए। त्यसका लागि महासंघको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठले वर्तमान कार्यसमितिले निजी क्षेत्रका समस्यालाई नजिकबाट अध्ययन गरिरहेको बताउँदै प्रदेशभरिका उद्योग वाणिज्य संघका माग र समस्यालाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्ने बताए। उनले प्रदेशका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई एकताबद्ध बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए।

सोही अवसरमा अध्यक्ष श्रेष्ठले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई महासंघ बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनयन गरिएको घोषणा गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालयमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, सचिवालय व्यवस्थापन तथा संघहरूको आम्दानीका स्रोत पहिचान गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सबै उद्योग वाणिज्य संघहरू समान उद्देश्यका साथ स्थापित भएकाले उद्यमी–व्यवसायीको आवाज बुलन्द बनाउन महासंघ सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कोषाध्यक्ष रुद्रबहादुर खत्रीलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, साथै चितवन उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।
यसैबिच चितवन उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठको नेतृत्वमा आएको अध्ययन तथा अवलोकन भ्रमण टोलीलाई स्वागत गरिएको थियो।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत गणेश सुवेदीले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले गरेका थिए।

Chitwan Aaja चितवन आज
मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान
तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

ताजा समाचार

सबै

बुद्ध एयरद्वारा अवकाशप्राप्त विमानको फ्युजलेज सेनालाई हस्तान्तरण

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ५ लाख नाघ्यो, ६ लाख पुग्ने अनुमान

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

चितवनमा लगाइएको चैते धानमा ‘नेक ब्लास्ट’ रोगको सङ्क्रमण

विपक्षी दलहरूद्वारा मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरोध

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन

मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

‘देवचुलीमा सञ्चालित सामुदायिक होमस्टेले बदलिँदै थारू महिलाको जीवनशैली

बासी तथा सडेगलेको खाना खाजा खुवाउने भरतपुरको शिव शम्भु मिष्ठान्न भण्डार चितवन प्रशासनले बन्द गर्‍यो

प्रतितोला २ हजार बढेर सुनको मूल्य ३ लाख १ हजार ९ सय कायम

चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न

बागमती प्रदेश र चितवन उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका समस्या र सम्भावनाबारे छलफल

लुम्बिनीका पाँच मन्त्रीले लिए शपथ

विद्युत बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैनः मन्त्री श्रेष्ठ

दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिकः अर्थमन्त्री वाग्ले

प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    माडीका पर्यटकीयस्थलको प्रचारका लागि गोलघर

  • २.
    अजित मिजारको न्यायको माग गर्दै कांग्रेसका युवाहरुद्वारा प्रदर्शन

  • ३.
    सुनचाँदीकै मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार ?

  • ४.
    बार्षिक ५ हजारमै ‘सजिलो एटेन्डेन्स’ : सानादेखि ठूला व्यापारको HR व्यवस्थापन झनै सहज

  • ५.
    सार्वजनिक लेखा समितिको बैठक स्थगित

  • ६.
    कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech