भरतपुर, जेठ २२-
चितवनको भरतपुर महानगरपालिका–१६, विजयनगर चोकस्थित भित्री सडक खण्डमा बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१७ निवासी ५५ वर्षीय शुकराम चौधरी रहेका छन् । बिहीबार अपरान्ह करिब ४ः१५ बजे भएको दुर्घटनामा परेर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिए ।
नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजको ना १ क ७४९४ नम्बरको बसले साइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो । दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बस तोडफोड गरेका छन् । स्थानीयले चालकले मापसे गरेर बस चलाएका कारण दुर्घटना भएको आरोप लगाएका छन् ।















