भरतपुर, जेठ ९
पुष्पाञ्जली हस्पिटल प्रा.लि. र कृषि विकास बैंक पूर्व कर्मचारी समाज बीच स्वास्थ्य परीक्षण तथा उपचार सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार कृषि विकास बैंक पूर्व कर्मचारी समाज मकवानपुरका पदाधिकारी, कार्यसमिति, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पुष्पाञ्जली हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन्।
सम्झौतापत्रमा पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी केदार प्रसाद सुबेदी र कृषि विकास बैंक पूर्व कर्मचारी समाज मकवानपुरका अध्यक्ष गोकुल कुमार पौडेल ले हस्ताक्षर गरेका थिए।
सम्झौता कार्यक्रम हस्पिटलका का.वा. अध्यक्ष गुरु प्रसाद पन्त, प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन ए.प्रो.डा. भोजराज अधिकारी तथा सचिव रामेश्वर पराजुली को रोहबरमा सम्पन्न भएको थियो।
यस सम्झौताले समाजका सदस्य तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउने विश्वास लिइएको हस्पिटलले जनाएको छ।
















