Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, जेठ ०७, २०८३
☰
Logo बिहिबार, जेठ ०७, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टरक्लास आयोजना गर्दै मेट्स इन्टरनेशनल चितवन

राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

एसईईको परीक्षामा कति विद्यार्थीले ल्याए ४ जीपीएसम्म ?

आरम्भ कलेजका विद्यार्थीले टपे चितवन, गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित हुँदै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको राशिफल

  • २. राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • ३. सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

  • ५. चितवनमा एकैघरका पाँच जनाले जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भिर विरामी

  • ६. बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर, स्थानीय भन्छन्– राज्यले दमन गर्‍यो

  • ७. प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

  • ८. बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य

  • ९. आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

  • १०. सुनको मूल्यमा भारी गिरावट: एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ, जेठ ७ –
निर्माण अलपत्र परेको १५ महिनापछि लमजुङ दरबारको पुनर्निर्माण अघि बढेको छ । लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँ सहरस्थित समुद्री सतहबाट एक हजार ४४५ मिटर उचाइमा अवस्थित लमजुङ दरबारको पुनर्निर्माण एक हप्ताअघिदेखि पुनः अघि बढेको हो ।

विसं २०८१ माघदेखि निर्माण ठप्प रहँदै आएकामा यतिबेला कामले पुनः गति लिन थालेको हो । पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले बजेट अभाव, बोलपत्र आह्वानलगायत कारणले दरबारको काम ठप्प रहँदै आए पनि गत वैशाख २० गतेदेखि पुनर्निर्माण अघि बढेको बताउनुभयो । चालु आर्थिक वर्षमा विनियोजित बजेटको काम निर्धारित समयमा सम्पन्न गर्न ठेक्का लागेको रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत जरिवाना दैनिक तिरेर काम गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

पुरातत्व विभागका इन्जिनियर अधिकारीका अनुसार रु ४२ लाखमा ठेक्का सम्झौता भएको हो । अहिले दरबारमा रहेका पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल निर्माण गर्नेलगायत काम भइरहेको पुरातत्व विभागले जनाएको छ । सम्झौताअनुसार यही जेठ १५ गतेसम्म सो बजेटको काम सम्पन्न गरिसक्नुपर्नेछ ।

गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यस दरबारको पुनर्निर्माणले गति लिन थालेको बताउँदै चालु आवको बजेटको काम ढिलाइ भए पनि काम सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । “लामो समयदेखि निर्माण रोकिएको थियो, अहिले सुरु भएको छ हामी स्थानीयमा केही आशा पलाएको छ”, उहाँले भन्नुभयो ।

दुई वर्षमा सक्नेगरी निर्माण अघि बढाइए पनि यतिका वर्षसम्म पुनर्निर्माण सम्पन्न हुन सकेको छैन । बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “यहाँ दरबारको निर्माण सम्पन्न गर्न धेरै ढिलाइ भइरहेको छ, हामीले पटकपटक केन्द्रीय सरकारलाई पत्राचार गर्दै आएका छौँ तर समाधान भएको छैन । यसको सबै जिम्मा र दायित्व केन्द्रीय सरकारको हो । नगरपालिका र गण्डकी प्रदेश सरकारले केही वर्षअघि गेट निर्माण, पर्खाल, ढुङ्गाको सिँढी निर्माण गरेका थियौँ ।” दरबारको पुनर्निर्माण ढिलाइ हुनुमा केन्द्रीय सरकारको बेवास्ता रहेको उहाँको भनाइ छ ।

काम अपलत्र परेपछि पर्यटन आगमन घट्नुका साथै स्थानीयको आयआर्जनमा कमी आएको, धार्मिक महत्त्व घट्नुका साथै यसको अस्तित्व हराउँदै जान सक्ने जोखिम पनि बढेकाले शीघ्र आवश्यक बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्नेतर्फ सरोकार भएका निकायले चासो दिनुपर्ने नगरप्रमुख अर्यालले जोड दिनुभयो ।

विभागका इन्जिनियर अधिकारीका अनुसार दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्याल ढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम बाँकी छ ।

विभागका अनुसार चालु आवको बजेटले पनि पुनर्निर्माण सम्पन्न नहुने जनाउँदै उक्त रकमले माथिल्लो भागमा पर्खाल लगाउने, छानोका लागि काठ राख्ने, त्यहाँ रहेका काठको जाँच गर्नेलगायत कार्य मात्रै सम्पन्न हुनेछ । उहाँका अनुसार गत आव २०८१/८२ मा भ्याटसहित रु ६० लाख बजेट प्राप्त भएको र स्टेमेन्ट गरेर ३५ लाख १७ हजार ८६६ रुपैयाँ तीन पैसामा शिल्पकार निर्माण सेवा, सूर्यविनायक-८ भक्तपुरले निर्माण सम्झौता गरेर काम गरेको थियो ।

आव २०७९/८० मा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा आव २०८०/८१ मा सरकारले रु ५० लाख बजेट छुट्याएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपिएस र दोस्रो वर्ष भक्तपुरकै आरजीएसरविष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली) को बन्नेछ ।

दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । दरबार व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा अवस्थित छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने, त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ ।

उक्त घटनापछि उहाँहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनःकास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।

यशोबह्म राजाको मृत्युपश्चात् उहाँको जेठा छोरा नरहरि शाह १५९८ सालमा राजा भए । उनीपछि क्रमशः चूडा शाह विसं १६४५, अचित शाह विसं १६६२, नरेन्द्र शाह विसं १६९३, केहरिनारायण शाह विसं १७३३, भीम शाह विसं १७९४, रिपुमर्दन शाह विसं १७९८ र वीरमर्दन शाह विसं १८०२-१८३९ गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको इतिहासमा पढ्न पाइन्छ ।

यहाँ राजाहरूको पालामा पूजा गर्दै आएको लमजुङ कालिका मन्दिरमा बर्सेनि चैते दसैँ र फूलपातीको दिन ठूलो मेला लाग्ने र सरकारी बलिसमेत दिने गरिन्छ । लमजुङ बेँसीसहर बजारबाट आठ किलोमिटर टाढा यो दरबार अवस्थित छ । रासस

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सात वर्षअघिको हत्या घटनाका फरार आरोपी पक्राउ
‘जेनजी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने
रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

ताजा समाचार

सबै

सात वर्षअघिको हत्या घटनाका फरार आरोपी पक्राउ

‘जेनजी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने

रामेश्वर टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, ४१ जनाद्वारा रक्तदान

चितवनमा भोलि मेट्स स्टडी एक्स्पो तथा आईईएलटीएस/पीटीई मास्टर क्लास हुँदै

अघि बढ्यो लमजुङ दरबारको पुनर्निर्माण

प्रदेश र स्थानीय तहको अनुदान कटौती भएकोप्रति ध्यानाकर्षण

ट्याक्सी व्यवसायमा सिण्डिकेट रहेको महाविर पुनको दाबी

चितवनमा मह उत्पादनमा कमी

एक महिना देखि मन्त्री बिहिन गृह मन्त्रालय

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ

ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद

कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसानहरू मर्कामा

चितवनमा भेटिए १३ जनामा औलोका बिरामी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    वन डढेलोको उच्च जोखिममा रहेको चितवनमा यसवर्ष लाग्दै लागेन डढेलो

  • २.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • ३.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ४.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ५.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ६.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ७.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ८.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ९.
    सुनको मूल्य फेरि घट्यो

  • १०.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ११.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • १२.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

साताको चर्चित

  • १.
    यस्तो छ आजको राशिफल

  • २.
    राष्ट्रिय युवा संघ नेपाल चितवनद्वारा शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • ३.
    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • ४.
    बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

  • ५.
    चितवनमा एकैघरका पाँच जनाले जंगली च्याउ खाँदा एक जनाको मृत्यु, दुई जना गम्भिर विरामी

  • ६.
    बाराको ३ नम्बर पुल क्षेत्रको बस्तीमा चल्यो डोजर, स्थानीय भन्छन्– राज्यले दमन गर्‍यो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  ParadiseInfoTech