चितवन,फागुन १९-
म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-६ इन्द्रपुरी चोकनजिकै गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ज ८५२५ नम्बरको म्याजिकको ठक्करबाट पैदलयात्री भरतपुर महानगरपालिका-१७ बस्ने ४२ वर्षीय प्रकाश सुनारको गए राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनापछि फराक म्याजिक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








