चितवन, माघ १३-
चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका-१ मरड खोला छेउमा सोमबार दिउँसो गैंडाले आक्रमण गर्दा माडी-१ कल्याणपुरका २२ वर्षका अशोक भट्टराई गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गयराती चितवन मेडिकल कलेजमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका भट्टराईलाई सुरुमा भरतपुर अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाइ चितवन मेडिकल कलेज लगिएको थियो ।
माडीमै अर्का एक व्यक्ति पनि घाँस दाउरा लिन जङ्गल जादा बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।







