काठमाडौँ, ८ जेठ
प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि कांग्रेसले नाराबाजीसहित वेल घेराउ गर्यो । कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै लामो समयदेखि अवरोध गर्दै आइरहेको छ ।
मंगलबार कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएर कार्यसूचीमा प्रवेश गरे । कांग्रेसले ‘तानाशाही मुर्दावाद, सभामुखको भूमिका ठिक छैन’ भन्दै नारा लगाए ।
नाराबाजीकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइयो ।
कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरूलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री प्रचण्डलाई रोष्ट्रममा पुर्याए र धन्यवाद प्रस्ताव पारित गरे ।