काठमाडौँ, ३ जेठ
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोधलाई जारी राख्ने भएको छ ।
बिहीबार दिउँसो सत्ता पक्ष र कांग्रेसबिच भएको छलफलमा सहमति नभएपछि कांग्रेसले संसद् अवरोध जारी राख्ने भएको हो ।
सचेतक सुशीला थिङका अनुसार संसदीय छानबिन समिति गठन गर्नेबारे अहिलेसम्म कुनै पनि सहमति भएको छैन।
संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने उनले जानकारी दिइन्।








