काठमाडौँ ०१ जेठ
क्रिकेटर सन्दिप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।
उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।








